बेलायत ओर्लिए कलाकार युवराज, नितु र सिता

SHARE:

लन्डन ३ जुलाई २०२५ । बाग्लुङ्गे समाज यूकेको निमन्त्रणामा चर्चित तथा भर्सटायल गायक युवराज मगर र गायिका नितु पुन मगर साथै चर्चित लोकदोहोरी गायिका सिता परियार बेतायत आएका छन् ।

शनिबार ५ जुलाईमा हुने समाजको वार्षिक भेटघाट कार्यक्रम-२०२५ का लागि कलाकार बुधबार राति लन्डन ओर्लिएका हुन् । उनीहरुलाई समाजका अध्यक्ष खड्क थापासहित पूर्वअध्यक्ष छविमाया पुन, उपाध्यक्ष गुमानसिङ्ग थापा, निवर्तमान महासचिव शेर पुनलगायत कार्यसमितिका पदाधिकारीहरू लक्ष्मण पुन, लक्ष्छु राना, प्रेम छन्त्याल, बिसन थापा, नन्द पुन, सदस्यहरु लाल रोका, कृष्ण रोका, फूल शिरिस र उनको श्रीमती र हाल यूकेमै रहेकी लोकदोहोरी गायिका अनुपा रोका मगरले हिथ्रो एयरपोर्टमा स्वागत गरेका थिए ।

आमन्त्रित कलाकारहरुहरुलाई अध्यक्ष थापा र पूर्वअध्यक्ष पुनले फूलको गुच्छा र खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । साथै उपाध्यक्षसहित सबै पदाधिकारीहरुले पनि खादा लगाई दिएर स्वागत तथा सम्मान गरिएको थियो ।


फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स् क्लबमा हुने कार्यक्रममा विभिन्न संघ संस्थाहरूमार्फत यूके आइसकेका बाग्लुङे चर्चित कलाकारहरु अनुपा मगर, जुना श्रीस मगर, शर्मिला बिसी, देवी घर्ती मगर, कालिका रोका मगर, राजेश बर्देवा, बालचन्द्र बराल र स्रिष्टी मगरले पनि अतिथि कलाकारको रुपमा प्रस्तुति दिने बाग्लुङे समाज यूकेका अध्यक्ष खड्क थापाले जानकारी दिए ।

थप मनोरन्जनका लागि बाग्लुङे समाज यूकेको आफ्नै नौमती बाजाको रौनक, समाजका छोरीचेलीहरुको नृत्य, बाग्लुङ क्षेत्रमा प्रचलित सोरठी नाच र आकर्षक पुरस्कार सहितको राफल ड्र पनि संचालन हुनेछन् । त्यस्तै बागलुङ जिल्लाको मौलिक झ्याउरे भाकामा आमन्त्रित कलाकारहरुसँग दोहोरी गाउन पाउने समेत अध्यक्ष थापाले बताए ।

वर्षमा एक पटक मात्रै आयोजना गरिने वार्षिक भेटघाट कार्यक्रममा सहभागी भई आफन्तजन, इष्टमित्र, साथी संगीहरुसँग भलाकुसारी साथै खानपिनको साथमा मनोरन्जन लिन यूकेवासी सम्पूर्ण बाग्लुङे तथा गैरबाग्लुङ्गे आमा बाबाहरु, दाजुभाइहरु, दिदी बहिनीहरु, भान्जाभान्जीहरुलाई अध्यक्ष खड्क थापा र मिडिया सेक्रेटरी बिशन थापाले आमन्त्रण गरेका छन् ।

वयस्कलाई प्रवेश शुल्क २५ पाउन्ड र बालबालिका (६ देखि १२ वर्ष)लाई १० पाउन्ड मात्र तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!