मगरपनको झल्को: संस्कृति, स्मृति र सिनेमा

SHARE:

सन्जय सिंजाली मगर

मगर जातिको रीतिरिवाज, परम्परा, भाषा र संस्कारमा लुकेको सौन्दर्य कुनै चित्रकारको क्यानभासजस्तै रंगीन र भावनाले भरिएको हुन्छ । आहा ! एकछिन मन शान्त पारेर विगतका पानाहरू पल्टाउने हो भने, त्यस ऐतिहासिक झझल्कोले हाम्रा हृदयका तारहरू कम्पन गराउँछ । मगर गाउँभित्र बग्ने जीवनशैली, सहकार्यको भावना र परम्परागत चलनहरूमा कति गहिरो अर्थ थियो! कुनै विधि केवल नियम मात्रै थिएनन्; ती त भाव, मर्म र पहिचानका अविभाज्य अंश थिए ।

बाल्यकालमा देखेका ती सांझपखका रिँगटा घन्किने मेलाहरू, नाचगानसँगै झुल्किने जातीय गौरव, बुढापाकाको सानंद शीर झुकाएर दिने आशीर्वाद यी सबै केवल दृश्य थिएनन्, आत्मीय अनुभव थिए । मगर संस्कृतिमा हरेक चालचलनमा एउटा मौलिक दर्शन लुकेको थियो, जुन प्रकृति र मानवबीचको सम्बन्धमा आधारित थियो ।

तर समय सन्दर्भ बदलिँदै गयो । आधुनिकताको छालसँगै मौलिकतालाई समात्न कठिन भयो । सिनेमा जस्तो सशक्त माध्यमले जातीय पहिचान उजागर गर्न सक्ने ठूलो अवसर पाएको भए तापनि, त्यसको उपयोग भनेजस्तो हुन सकेन । आजसम्म बनेका अधिकांश मगर भाषाका चलचित्रहरूले त्यो गहिरो मगरपनको आत्मा स्पर्श गर्न सकेका छैनन् ।
‘सिमा रेखा’ नामक चलचित्र अपवाद बन्न पुग्यो जहाँ कथामा, दृश्यमा र संवादमा मगर समुदायको पीडा, सपना र पहिचान सजीव रूपमा बोलेको महसुस हुन्छ । त्यो चलचित्र हेर्दा लाग्छ, “हो, यो त हाम्रो कथा हो हाम्रो आवाज हो । ” तर दुर्भाग्यवश, बाँकी चलचित्रहरूमा त्यस्तो अनुभूति विरलै पाइन्छ । कहीं व्यावसायिकताले संस्कृति छायामा परेको छ भने, कहीं कथावाचनमै आत्मा हराएको छ ।

हामीलाई आवश्यकता छ त्यस्ता सिर्जनाहरूको, जसले मगर संस्कृतिको सारलाई जीवित राखून् । जसले भाषा मात्र होइन, भाव पनि बोलून् । चलचित्र केवल मनोरञ्जनको साधन बनेर नबसून्; त्यो हाम्रो पहिचानको दस्तावेज बन्न सकोस् । मगरपन केवल विगतको स्मृति होइन, यो त भविष्यको बिम्ब हो जसलाई जगेर्ना गर्नु हाम्रै जिम्मेवारी हो । –

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!