लण्डन ११ जुलाई २०२५ । बौद्ध भिक्षुको जीवनीमा आधारित धार्मिक चलचित्र “सुपर मोङ्क” आउँदो बिहिबार १७ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्ने भएको छ ।
बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लण्डन ब्रान्चको हाउजिङ्ग प्रोजेक्टलाई आर्थिक सहयोग गर्ने उद्देश्यले प्रर्दशन गर्न लागिएको हो । उक्त चलचित्र संगसंगै “एयर अफ दी बर्ड” समेतको प्रर्दशन गरिने छ ।
गत १ बर्षदेखि बीसीसी युकेको अल्डरसस्थित गुम्बाको प्रमुख लामाको रुपमा कार्यरत खेन्पो सेनाङ्ग ग्याम्जोद्वारा निर्देशन गरिएको दुवै छोटो चलचित्र बौद्ध धर्म गुरुहरुको जीवन कथामा आधारित छ ।
सानो उमेरदेखि बौद्ध गुम्बामा रहेर विभिन्न चरणहरु पार गर्दै कसरी सुपर मोङ्क बन्दछ भन्ने बिषयलाई कथामा समावेश गरिएको छ ।
नेपालको अत्यन्त दुर्गम क्षेत्रमा छायांकन गरिएको चलचित्र नेपाली चलचित्रको प्रतिनिधित्व गर्दै थुप्रै अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा भागलिई विभिन्न पुरस्कारहरु प्राप्त गरिसकिएको निर्देशक ग्याम्जोले जानकारी दिए ।
गत दुईहप्ता अघि लण्डनमा समेत प्रर्दशन गरिएको उक्त चलचित्र नेपाली समुदायलाई समेत लक्षित गरि अल्डरसटमा प्रर्दशन गर्न लागिएको हो ।






