लन्डन १६ जुलाई २०२५ । बेलायतको अल्डरसटमा यही जुलाई २७ मा ‘सयपत्री साँझ २०२५’ हुँदै छ ।
सयपत्री नेपाली कल्चरल ग्रुप, यूकेको आयोजनामा जुलाई २७, आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सयपत्री साँझ हुन दीपक शाहीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा लोकप्रिय गायक रामजी खाँण, युवा पुस्ताकी रोजाइकी गायिका रचना रिमाल र कलाकार स्वस्तिक आचार्यले दर्शकलाई नचाएर भरपुर मनोरञ्जन दिनेछन् ।
कार्यक्रम साँझ ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ । प्रवेश शुल्क २५ पाउन्ड राखिएको छ । जसमा खानासमेत समावेश गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा नेपाली मोर्गेज, नेपफाम, फुड जक्सन र डीएनएस कन्सल्टिङले स्पोन्सर गर्नेछन् ।






