२६ वर्षीया लुइँटेलले जितिन् ‘मिस नेपाल २०२५’ को उपाधि

SHARE:

काठमाडौँ ३० अगस्ट २०२५ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पारेकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन् ।

प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता बनिन् ।

‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!