हरेलो पर्व

SHARE:

स्यानु पाइजा – नेपाल

हरेक पर्वको आफ्नै ठाउँ बिषेसको मौलिकता हुन्छ। कसैले जिउदो कुखुरा बारीमा उडाएर आउछ। कसैले भोग हालेर आउछन। कसैले जोली ध्वजा थाक्रामा चढाएर आउछन। उनिहरु जुन परिबेशबाट यो जमिनमा आईपुगे त्यहि अनुसारको पूजा संस्कार र मान्यता लिएर आए। अमुर्त सम्पदाको सजिब रुप हरेलो हो। हरेलोको युनिकता भनेको गुईठाको आगोमा हालेको घ्यु र भुस मुछेको घुप हो।

हरेलो के हो ?
हरेलो पुरानो ईतिहास बोके को चाडपर्व हो। मुख्य रुपमा हरेलो कुनै न कुनै रुपले सबै किसानीमा आधारित गाउँहरुमा मनाईन्छ। यो लामो ईतिहास बोके को चाडपर्व हो। जुन खास गरी पहाडी जिल्लाहरु मा मनाईन्छ। जुन कृषिमा आधारित हुन्छ। यो कुनै ठाउँमा साउनको अन्तिम मँगलबार मनाईन्छ भने म्याग्दी जिल्लाको पात्लेखेत गा. बि. स. वाखेतमा यो पर्व भदौको पहिलो मंगलबार मनाईन्छ। तिथी मिति मिलाएर भन्दा पनि परम्परागत रुपमा बार मिलाएर भदौ को पहिलो मँगलबार नै मनाईनु नै यो आफैमा मौलिकता हो।

हरेलोको नामकरणको आधार
हरेलो “हेरालो” भन्ने शव्द बाट अपभ्रंश भएर हरेलो को रुपमा स्थापित भएको नाम हो। जव मानव जाती जँगली शिकारमा आधारित बसोबास छाडेर समुहमा खेती मा आधारित जिवनयापन शुरु गरे त्यहि समायमा हरेलोको जन्म भएको मानिन्छ। परापुर्वकाल गाई भैसीहरुलाई असार-साउन खेती को समायमा जंगल पठाउने चलन थियो। बनमा बर्षाको समाय मा राम्रो चरण (गाई भैसीले खाने घाँस) हुने र खेतीको समायमा सबै ब्यस्त हुने हुनाले गाई बस्तुलाई जँगल पठाउदा हरेक टोल र समुहले आफ्नै आफ्नै निस्चित १, २ मान्छेलाई खर्च उठाएर दिन्थे र गाई बस्तुको देखभालको जिम्मा दिने गर्दथे। जस्लाई हेरालो भनिन्थ्यो। गाई भैसीको गोठको काम गर्नेलाई गोठालो भने जस्तै जँगल पठाएको बेलामा गाई बस्तुलाई गाँऊ फर्कन नदिने तथा सुरक्षा दिने ब्यक्तीलाई हेरालो भनिन्थ्यो। हेरालो शव्दबाट नै हरेलो बनेको हो । गाउँलेले खेतीको काम सक्ने र गाउँलेले जँगल पठाएको गाई वस्तुलाई गाउँ फर्कन दिएको दिन नै सबैले थकाई मेटाउन र रमाईलो गर्नको लागी मेला लगाउन सुरु गरे। पछि यो खेतीपातीको रक्षाको कुरामा पनि जोडियो र परम्परा बनेर चलेको छ। समाय सँगै गाई-बस्तुलाई बर्षाको समायमा (रोपाईको बेलाम) जँगल पठाउने चलन त हरायो तर हरेलो चाहि हाम्रो परम्परा बनेर बाँचिरहेको छ।

शुरुवाट को हरेलो कस्तो हुन्द्थ्यो ?
रोपाई सकिए पछि र मकै बाली थन्काएपछि गाउँमा कटुवाल (सार्वजानिक सन्देश उच्चो स्वरमा अग्लो ठाउँमा उभिएर सबैलाई सुनाउने ब्याक्ती) कराउदथ्यो। यो सन्देश मा भनिन्थ्यो। गाउँवासीहरु, फलानो दिन भित्र सबैले आ-आफ्नो बारीको मकै र अन्नवाली निकाल्नु होला। यसरी सामुहिक सन्देशले निस्चित गरेको दिन सम्म सबै मकै र नोक्सान हुने सबै अन्नबाली बारीबाट निकाली सके पछि जँगलबाट गाँउ फर्कने टागरो, टगालोहरु खुल्ला गरेर हेरालोहरु मेला मनाउनु गाउँ फर्कने गर्दथे। गाउँमा बारीको टगारो, टगालो पनि खुल्ला गरिएको हुन्थ्यो। गाई बस्तु जँगलबाट फर्केपछि सोझै गाई बस्तु बारीमा पस्दथे। गाउँलेहरु मेलामा रमाईलो गर्दथे। बिभिन्न परिकारहरु तैयार गर्दथे, दिबङगत आत्माहरुलाई सम्झेर खाना चढाउथे। पछि गएर यो खेतीपूजाको रुपमा स्थापित भयो। जसरी बनमा पठाएको गाईबस्तुलाई हेरालो ले सुरक्षित राख्दथे त्यसै गरी खेत-बारीमा पनि हेरालोको प्रतिकको रुपमा गुराँशको हाँगामा बिभिन्न अन्न खर्चको पोका हरु राखेर सुरक्षा गरिदिनुस भनि पूजा गरिन थालियो। यो ठाउँ बिषेश फरक हुन्छ। गुराँस को सत्तामा कहि खिर्रा, तितेपाती, या अन्य बोटको हाँगा पनि प्रयोग गरिन्छ। कतै कतै खेतमा कुखुराको भाले काटेर भोग पनि दिईन्छ। र वाखेतमा बाहेक अन्य भेकहरुमा साउनको अन्तिम मँगलबार मनाईन्छ। यो हरेलो अहिले मेलाको रुपमा मनाईन्छ। ७-१० सम्म बिभिन्न कार्यक्रम सहित यो मेला पात्लेखेत गाबिस को वाखेत मा लाग्ने गर्दछ।

हरेलोको को भबिश्य
अहिले हरेलो कतिपय ठाउँमा मनाउन नसक्ने महँगो साबित हुदैछ। बढ्दो महँगी, स्थानिय आर्थिक स्रोतको अभाव, स्थानिय स्रोतले धान्न सक्ने पुरुस्कारका राशीले गर्दा खेरी अव हरेलोलाई मौलिक चाँडको रुपमा बचाई राख्नु निकै गाह्रो भैसकेको छ। भबिस्यमा हरेलो लाई निरन्तर मौलिक रुप मा सन्चालन गराउने हो भने आयोजकले निक्कै साहस र अनुसन्धान गर्नु पर्ने बेला भैसकेको छ। स्थानिय स्रोतलाई पहिचान गरि हरेलो लाई धाटा को रमिता बनाउनु भन्दा उत्पादन मुलक बनाउन जरुरी भैसकेको छ। होईन भने हरेलो कि त हराएर जान्छ कि महोत्सोव को रुपमा टिकट काटेर हेर्नु पर्ने हुन्छ। यो हुनु भनेको पनि हरेलो हराउनु बराबर नै हो। हामीले हाम्रो हरेलो लाई बिज्ञापन को रुपमा हाम्रो प्रयोग गरेर गाउँ को लोकल टुरिजम र उत्पादनको रुपमा प्रयोग गरेर प्रोमोशन गर्न सक्छौ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!