आनन्द क्षेत्रमा पर्दैन ‘घर’

SHARE:

नगेन्द्रराज नेम्वाङ
मनोक्रान्तिद्रष्टा गुरु डा. योगी विकाशानन्द भन्नुहुन्छ, ‘घरमा आनन्द खोज्ने होइन । किनकि आनन्द क्षेत्रमा पर्दैन घर’ । रात परेको समय बास बस्ने ठाउँ, हुरीबतास, घामपानी वर्षात्बाट सुरक्षित रहनका लागि, सन्तान हुर्काउनका लागि तयार पारिएको स्थान हो घर । घरमा परिवार हुन्छ ।

परिवारमा आ–आफ्नो दृष्टिकोण हुन्छ । अरुको दृष्टिकोण बुभ्mन सकिएन भने विवाद सुरु हुन्छ । विवादमा आनन्दको उपस्थिति नै रहँदैन । आनन्द प्राप्तका लागि मन मस्तिष्कबाट जैव रसायनहरु एण्डरफिन्स, एसिटाकोलाईन, अक्सिटोसिनजस्ता नामक केमिकलहरु रिलिज हुनु पर्दछ । रक्सी चुरोट तानेर पनि यी जैव रसायन रिलिज भई आनन्द महसुस हुन्छ । तर, रक्सी चुरोटले स्वास्थ्य खराब गर्दछ । एण्डरफिन्स रिलिज भयो भने आनन्द महसुस हुन्छ । एसिटाकोलाईनले मन शान्त गर्दछ भने अक्सिटोसिन जैव रसायनले प्रेमको अनुभूति गराउँछ ।

यी तीनैवटा जैव रसायनहरु हामीले सेवन गरिरहेको खानाबाट बन्ने गर्दछ । र, यसलाई क्रियाशील रहनका लागि नियमित शारीरिक व्यायाम गर्नुपर्दछ । कम्तीमा ३०–४० मिनेट शारीरिक व्यायाम गर्नेबित्तिकै यी रसायनहरु क्रियाशील भई हामीलाई आनन्दको महसुस सुरु हुने गर्दछ ।

हाम्रो दैनिक भोजनमा खानाबाट प्राप्त पौष्टिक तत्वहरु, कार्बोहाईड्रेड प्रोटिन, भिटामिन र मिनरल्सको सन्तुलन हुनुपर्दछ । हाम्रो शरीरमा जति पनि अन्नबाट बनेका खानाका परिकारहरुले शरीरको निर्माण गर्छ । भात, रोटी, चिउरा, यसलाई काब्रोहाईड्रेडको स्रोत मानिन्छ भने माछा, मासु, अण्डा, भटमास प्रोटिनका स्रोत हुन् । प्रोटिनले शरीरलाई तताउने काम गर्दछ । हरियो सागसब्जी, काँचो सलाद, फलफूल, प्रशस्त पानी पिउनु भिटामिन्स मिनरल्सको स्रोत हुन् । अन्नले मोटोपना, प्रोटिनले तताउने, भिटामिन मिनरल्सको स्वास्थ्य र आनन्दको सन्तुलन गर्दछ ।

नियमित व्यायाम, सन्तुलित भोजनले त शरीरलाई मात्र हुन्छ, शरीरसँग जोडिएको अर्को मन पनि छ हामीसंग । मनको खुसी थाहा भएन भने पनि आनन्द प्राप्त गर्न सकिँदैन । मनले जहिले पनि नौलो खबर नयाँ दृश्य हेर्न मन पराउँछ ।
एउटै चिज दोहोरिएको मनले रुचाउँदैन । मनको अवस्था स्थिर ल्याउन सक्नु पर्‍यो । मन स्थिर र शान्तका लागि योग ध्यानबाट मात्र संभव रहन्छ । हाम्रो मष्तिष्कको चाहना दैनिक नौलो चिज संभव नहोला, यसको विकल्प ध्यान साधनाको गहिराईमा डुबेर नौलो चिजको कल्पना गरेर आनन्द प्राप्त गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!