मिथिलामा हर्राहुर्री पर्व मनाउँदै

SHARE:

वीरेन्द्र कर्ण
जनकपुरधाम । गाईगोरुमा लाग्ने अदृश्य रोगबाट बचाउन मिथिलाको ग्रामीण क्षेत्रमा आज किसानले हुर्राहुर्री पर्व मनाउँदै छन् । बृहद् विष्णु पुराणअनुसार गौ तथा धर्ती पूजाका रुपमा रहेको यो पर्वमा गाईगोरुलाई सिङ्गारी खुल्ला चौरमा बाँधेर राखेको सुगरको पाठोमाथि आक्रमण गराएर मनाइने पर्वका रुपमा हुर्राहुर्री पर्वलाई लिने गरिन्छ । गाईगोरुले सुँगुरको पाठोमाथि आक्रमण गर्दा पाठो जतिजति कराउँछन् गाईगोरुमा लाग्ने अदृश्य रोग तथा टुनामुना हराएर जाने जनविश्वास रहेको किसान रामअशिष दासले बताए ।

यो खेललाई मनोरञ्जनका रुपमा लिए पनि यसलाई किसानले आध्यात्मिकसँग जोडेर लिएका हुन्छन् । सांस्कृतिक पर्वका रुपमा रहेको यो पर्वमा किसानले सुँगुरको पाठोलाई खुल्लाचौरमा राख्ने गर्छन् र सिङ्गारिएको गाईगोरुबाट आक्रमण गराउने परम्परा छ । गाईगोरुको आक्रमणबाट जतिजति सँुगुर कराउँछन् त्यतित्यति दर्शकले मनोरञ्जन गर्ने गर्छन् । यसैक्रममा सिरहा (सोनापुर)का बासिन्दाले ३० किलोको सुँगुर भित्र्याएपछि गाउँमा छुट्टै रौनकता तथा चहलपहल देखिएको छ । बच्चादेखि वृद्ध सबै सुँगुरको त्यो पाठोलाई निकालिरहेका छन् । आज गोवद्र्धन पूजाका दिन हुने विशेष कार्यक्रमको आयोजना गरिएको छ, सोनापुरवासी ।

आजको दिनलाई तराईवासीले हुर्राहुर्री पर्वका रुपमा मनाउने गर्छन्, त्यसका लागि एकाबिहानैदेखि गाउँलेले भैँसी, राँगो र गोरुलाई सिँगार्ने गर्छन् । भैँसी, राँगो र गोरुको सिङमा शुद्ध खाने तेल लगाउने गर्छन् भने टाउकामा कलात्मक तथा विशेष किसिमको झालर र घाँटीमा कौरी, पाउजु, घण्टी झुण्ड्याइन्छ । यस प्रकारको तयारी खुल्ला चौरमा सुँगुरको पाठोसँग लडाउनका लागि गरिएको हो ।

परम्परागत रुपमा सयौँ वर्षको लामो इतिहास बोकेको यो परम्परागत खेल केबल मनोरञ्जनका लागि तराईका जिल्लामा मनाउने एक किसिमको पौराणिक पर्व हो । यो खेल खेलाउँदा सुँगुरको पाठोलाई खुल्ला चौरमा छाडिन्छ । वरिपरिका गाउँबाट ल्याइएका भैँसी, राँगो र गोरुलाई हान्न लगाइन्छ । यो खेल हेर्न छरछिमे गाउँका मानिस भेला भई हुर्राहर्री खेल हेर्ने गर्छन् । मानिसको भीड र स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखेपछि सुँगुर डरले भाग्न खोज्दा नजिकै रहेको भैंसी, राँगो र गोरुले हान्दै फेरि बीचमै पुर्‍याउँछन् । यस खेलबारे बताउँदै सोनमती मझौरा गाविसका किसान छोटेलाल भन्छन्, “मनोरञ्जनका रुपमा लिने हुर्राहुर्री पर्व खास गरेर सुँगुरको पाठोमा केन्द्रित हुने गर्छन् ।” सो कार्यक्रमलाई ग्रामीण क्षेत्रका बासिन्दाले विशेष महत्व दिएको पाइन्छ ।

यो पर्व मनाउन गाउँले वैकल्पिक ऊर्जाका रुपमा रहेको गोबर बिक्री गरी सुँगुरको पाठो किन्ने परम्परा विद्यमान रहेको पाइन्छ । जतिसुकै क्रुर खेल भए पनि शताब्दियौँदेखि चलि आएको यो परम्परालाई जीवन्तता दिन यो पर्व मनाउने गरिन्छ भने अर्को थरिले यो गरियो भने हाम्रा गाईबस्तु बिरामी पर्दैनन्, वर्षभरि ढुक्क हुन्छाँै भन्ने विश्वास रहेको सोनापुरवासी भन्छन् । यो पर्व एकातिर बालबच्चाका लागि आकर्षणको खेल भएको छ भने अर्कोतिर सालभरि रहेको राँगद्वेष यही सुँगुरको पाठोमाथि पोखिनाले यो पर्व मनाउने गरिन्छ । उक्त परम्परा कहिले कहाँबाट शुरु भएको हो त्यो थाहा हुन नसके पनि बाबुबाजेले चलाएको परम्परालाई निरन्तरता दिन यो पर्व मनाउने गरिएको विश्वास गाउँलेमा छ । तर उनीहरुलाई हिंसाभन्दा पनि आफ्नो परम्परासँग यो खेललाई दाँज्न रुचाउँछन् । चमारको ढोलबाट निस्किने ढिङढिङको आवाजले जब भैँसी, गोरु राँगालाई जोसाइरहेको हुन्छ तब सुँगुरको पाठोलाई सिङले हानेर मार्ने यो पर्व कालान्तरमा आएर बिरलै हेर्न पाइन्छ ।

यसैगरी यो पर्वलाई निरन्तरता दिन जनकपुरका किसानले कभर्ड हलमा पनि हुर्राहुर्री पर्व मनाउने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!