डिसेम्बर १३ मा लन्डनमा कन्सर्ट, प्रस्तुति दिन आए मंगोलियन हर्टका कलाकार

SHARE:

लन्डन ११ डिसेम्बर २०२५ । यही १३ डिसेम्बरमा लन्डनस्थित ह्यारो लेजर सेन्टरमा हुने विशेष सांगीतिक कन्सर्टका लागि गायक राजु लामा नेतृत्वको चर्चित नेपाली ब्यान्ड मंगोलियन हर्ट बेलायत आएको छ ।

ब्यान्डका सदस्यहरू बिहीबार बिहान लन्डन अवतरण गरेका हुन् । कलाकारहरुलाई स्वागत गर्न आयोजक जीटी बास इन्टरटेन्मेन्ट र सहीसर्चका प्रतिनिधि रोज लामा, थमु वाइबा, विशाल मोक्तानलगायत विमानस्थल पुगेका थिए । ८ सदस्यीय टोलीमा राजु लामा, बबि लामा, सन्तोष थापा, बाबुराजा महर्जन, विनय महर्जन, भूपेन्द्र बज्राचार्यलगायत छन् ।

विमानस्थलमा संक्षिप्त टिप्पणी गर्दै गायक लामाले १३ डिसेम्बरको प्रस्तुति प्रति आफूहरू निकै उत्साहित रहेको बताए । कन्सर्ट साँझ ६ बजेदेखि सुरु हुनेछ र बेलायतस्थित सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई उपस्थित रहन आयोजकले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!