एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन तथा १२ औँ महाधिवेशन आगामी फेब्रुअरीमा हुने

SHARE:

लन्डन १६ डिसेम्बर २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलन तथा १२ औँ महाधिवेशन आगामी फेब्रुअरीमा हुने भएको छ ।

एनआरएनएको १२ औँ महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको आइतबारको बैठकले संघको बृहत् एकता महाधिवेशन फेब्रुअरी २३ देखि २५ तारिखसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकमा संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयमा विस्तृत छलफल भएको छ ।

बैठकले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरणका लागि केन्द्रमा गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फेसिलिटेसन कमिटी’ गठन गर्ने निर्णय गरेको छ। उक्त समितिमा सह–संयोजकका रूपमा टीका गुरुङ (राधिका) रहेका छन् भने सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।

बृहत् एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रका लागि सञ्चालन गर्ने तय गरिएको छ।

बैठकले हालको पाँच सदस्यीय सदस्यता समितिमा थप दुई जना सदस्य समावेश गरी समितिलाई सात सदस्यीय बनाउने निर्णय गरेको छ। त्यस्तै, स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिबद्धता पत्रमा अनिवार्य रूपमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गर्दै आगामी बैठकसम्म हस्ताक्षर नगर्ने सदस्यहरूले त्यसपछि हुने बैठकमा सहभागिता जनाउन नपाउने स्पष्ट गरेको छ।

बैठकले गैरआवासीय नेपाली संघका सबै सरोकारवाला पक्ष, राष्ट्रिय समन्वय परिषदहरू तथा विश्वभर छरिएका सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार र सक्रिय सहयोग गर्न आह्वान गरेको छ। महाधिवेशनको सफल आयोजना सुनिश्चित गर्न आवश्यक तयारी, समन्वय र कार्यान्वयनका कामहरू तत्काल सुरु गर्न पनि बैठकले आग्रह गरेको छ।

स्टेरिङ कमिटीमा अध्यक्षद्वय डा. बद्री केसी (रुस) र महेश कुमार श्रेष्ठ (जापान) सहित रतन झा (अमेरिका), गौरीराज जोशी (अमेरिका), इन्द्र बन (अस्ट्रेलिया), गंगाधर गौतम (बेल्जियम), विनोद श्रेष्ठ (अस्ट्रेलिया), भवानी ओली (अस्ट्रेलिया), आर.के. शर्मा (कतार), विनोद कुँवर (कोरिया) र बी.आर. लामा (अमेरिका) सदस्य रहेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!