अष्ट्रेलियाको उत्तरी प्रदेशमा पहिलो नेपाली वकिल बने अञ्जन पौडेल

SHARE:

लन्डन १७ डिसेम्बर २०२५ । अष्ट्रेलियाको उत्तरी प्रदेश (एनटी)मा नेपाली मूलका कानुनकर्मी अञ्जन पौडेल पहिलोपटक अधिवक्ताको जिम्मेवारीमा पुगेका छन्। पौडेल उत्तरी प्रदेशमा वकिलका रुपमा दर्ता गराएसँगै नेपाली समुदायको पहिलो अधिवक्ता बनेका हुन्।

काठमाडौंमा उच्च शिक्षा अध्ययन पूरा गरेर सन् २०१५ मा अस्ट्रेलिया गएका पौडेलले सुरुआतमा अकाउन्टिङ पढ्न इच्छा गरेका थिए। तर कानुन अध्ययन गरी नेपाली समुदायकै प्रेरणादायी वकील बन्न सफल भएका छन् पौडेल ।

पौडेलले अंग्रेजी दोस्रो भाषा भए पनि चुनौतीलाई अवसरमा परिणत गरे। कामसँगै अध्ययनको सन्तुलन मिलाएर लक्ष्य प्राप्तितर्फ अघि बढेका छन्। अधिवक्ता पौडेलले व्यावसायिक जीवनको सुरुआत प्रशासनिक सहायकका रुपमा आरम्भ गरेका हुन् ।

एचडब्लयूएल इब्सवर्थ कानुनी संस्थामा कानुन सहायकका जिम्मेवारीमा काम गर्दै पेशागत उचाइ बढाएका पौडेलले औपचारिक रुपमै वकिल बनेर संघर्षलाई सफलतामा रुपान्तरण गरेका हुन्।

‘अष्ट्रेलियामा प्रशंस्त अवसर छन्, आत्मविश्वास र आफूप्रतिको भरोसा कायम राखेर निरन्तर प्रयासमा सफलताको पथमा अघि बढ्न सकिन्छ। यो मेरो मात्रै उपलब्धी होइन, नेपाली समुदायका लागि गौरवको कुरा हो,’ पौडेलले भने।

वकील बनेका पौडेलको उपलब्धीलाई एनटीका नेपाली समुदायले स्वागत गर्दै विदेशमा संघर्षरत नयाँ पुस्ताका लागि उनको सफलता प्रेरणादायी भएको बताएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!