आमाको शब्द र छोरीको लयमा पालाम गीत सार्वजनिक

SHARE:

लन्डन १ जनवरी २०२५ । आमाको शब्द र छोरीको लयमा ‘खम्सेक्वा लुङ्ए’ पालाम गीत सार्वजनिक भएको छ ।

ताप्लेजुङ निवासी आमा सम्ब्रोती फेम्भु लिम्बुको शब्द रचना र हाल हङकङमा रहेकी गीतकार तथा साहित्यकार छोरी जानु काम्बाङ लिम्बुको लय संकलनमा उक्त गीत तयार गरिएको हो । चर्चित गायिका मनु नेम्बाङ र गायक शिव साम्बाहाङ्फेको स्वरमा सजिएको म्युजिक भिडियो बिहीबार १ जनवरी २०२६ मा जानु काम्बाङ लिम्बु अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीत सार्जजनिक भएपछि जानुले भनिन्, ‘आमाको कृति बचाइराख्नु भनेर कोसिस गरेको हुँ ।’

निर्माताहरुमा पूर्ण काम्बाङ लिम्बु र जानु काम्बाङ लिम्बु रहेका छन् । संगीत जानु, एरेन्ज श्याम लिम्बु, मिक्सिङ/मास्टरिङ मिन विष्टको रहेको छ भने अभिनय जीवन केदेम र मनु नेम्बाङले गरेका छन् ।

निर्देशन, भिडियो सम्पादन र क्यामेराको भूमिका चन्द्र लिम्बुले निभाएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!