सनमन गुरुङको ‘मेरो मन’ विमोचन

SHARE:

एटा संवाददाता
रेडिङ्ग । रामबजार सोसाइटी युकेको निवर्तमान अध्यक्ष एवं समाजसेवी सनमन गुरुङद्वारा लिखित ‘मेरो मन’ शीर्षकको पुस्तक विमोचन भएको छ । रामबजार सोसाइटी युकेले गत ११ नोभेम्बर आइतबार दिन रेडिङ्गमा आयोजना गरेको एक विशेष कार्यक्रममा सो कृति विमोचन भएको हो ।

प्रकाश गुरुङद्वारा रचित गजल ‘ए मान्छे’ वाचन गरी सुरु गरिएको कार्यक्रममा भूतपूर्व प्र.अ.महेश गुरुङ (गो.द.वा) ले सो कृतिको समीक्षा गरेका थिए ।
कार्यक्रममा रामबजार सोसाईटी यूकेका प्रमुख सल्लाहकार रिटायर्ड क्याप्टेन चन्द्रबहादुर पून, सल्लाहकारहरु पूर्व प्र.अ. दूधराज गुरुङ, सल्लाहकार एवं पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङ, गीता गुरुङ लगायत संस्थाका सदस्यहरू मनमन गुरुङ, प्रकाश गुरुङ, राजु गुरुङ, (पून) रीता गुरुङ, कमला गुरुङ, सरिता पून, मञ्जु गुरुङ, पूर्ण (फूलमाया) गुरुङ र शर्मिला गुरुङ लगायतको सहभागिता रहेको थियो ।

विभिन्न लेख तथा रचनाहरु समावेश रहेको सो कृति बिक्री वितरणबाट प्राप्त रकम वन संरक्षणमामा सहयोग गरिने लेखकले जानकारी दिए ।
रामबजार सोसाइटी युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्थाका महासचिव पहलमान गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!