तमू ट्हो ह्युल, हङकङद्वारा आयोजित ल्होछार कार्यक्रममा मर्दी खोला सेवा समिति हङकङ्को उल्लेखनीय सहभागिता

SHARE:

हङकङ — तमू ट्हो ह्युल, हङकङको आयोजनामा सन् २०२6 जनवरी १ तारिखका दिन भव्य रूपमा सम्पन्न ल्होछार कार्यक्रममा मर्दी खोला सेवा समिति हङकङ्ले गौरवपूर्ण सहभागिता जनाउँदै तमू भेषभूषा प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ। यस सफलताले मर्दी खोला सेवा समिति हङकङ् मात्र होइन, सम्पूर्ण मर्दी खोला क्षेत्र तथा गुरुङ समुदायलाई नै गर्वको अनुभूति गराएको छ।

ल्होछार कार्यक्रमको अवसरमा समाजका सदस्यज्यूहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबै सदस्यज्यूहरू परम्परागत गुरुङ (तमू) भेषभूषामा सजिएर उपस्थित भएका थिए, जसले कार्यक्रम स्थललाई सांस्कृतिक रङ्गले झन् आकर्षक बनाएको थियो। गुरुङ समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गर्दै मर्दी खोला सेवा समिति हङकङ्ले दर्शक तथा अतिथिहरूको मन जित्न सफल भयो।

जब मर्दी खोला सेवा समिति हङकङ् स्टेजमा प्रवेश गर्‍यो, चारैतिरबाट गडगडाहटपूर्ण तालीले स्वागत गरिएको थियो। दर्शकहरूको उत्साह, समर्थन र सम्मानले समिति सदस्यहरूलाई थप हौसला प्रदान गरेको देखिन्थ्यो। संस्थाका अध्यक्ष गणेश गुरुङको नेतृत्वमा ल्होछार मनाउन मंकी हिल पुगेका सबै सदस्यज्यूहरूले कार्यक्रम सफल बनाउन विभिन्न किसिमले महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

ल्होछार कार्यक्रमको तयारीदेखि अन्तिमसम्म संस्थाका सदस्यहरूबीच देखिएको एकता, सहकार्य र समर्पण प्रशंसनीय थियो। घरबाटै पुलाउ , भुटुवा , चिया पकाएर ल्याई सहयोग गर्नु हुने टेकबहादुर गुरुङ र गणेशबहादुर गुरुङप्रति संस्था विशेष आभारी रहेको छ। त्यसैगरी खाजा खर्चस्वरूप १००० डलर सहयोग गर्नु हुने गिर बहादुर गुरुङको योगदान अत्यन्तै सराहनीय रहेको छ।

बिहानै बि.बि.क्यु चुलो कुर्न जानु हुने हिमाल गुरुङ र सुन्दर गुरुङ, बि.बि.क्युको सम्पूर्ण व्यवस्थापन सम्हाल्नु हुने भीमसेन गुरुङ, साथै खाजा–भुजा वितरण तथा दिनभरि बि.बि.क्युको मासु पोलेर निरन्तर सहयोग गर्नु हुने लक्ष्मी गुरुङ, विन्दु गुरुङ लगायत सम्पूर्ण सहयोगी मनहरूलाई संस्था हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछ।

 

आर्थिक, भौतिक तथा बौद्धिक सबै पक्षबाट सहयोग पुर्‍याउनु हुने सम्पूर्ण मनकारी व्यक्तिहरूको योगदानकै कारण मर्दी खोला सेवा समिति हङकङ्ले यस्तो उल्लेखनीय सफलता हासिल गर्न सकेको हो। यस अवसरमा संस्थाले भविष्यमा पनि यसरी नै हातेमालो गर्दै, एकआपसमा सहकार्य र सद्भाव कायम राख्दै मर्दी खोला सेवा समिति हङकङ्लाई अझ मजबुत र सक्रिय बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको छ।

ल्होछार जस्तो महान् पर्वमार्फत आफ्नो संस्कृति, पहिचान र एकतालाई विश्वसामु चिनाउन सफल भएकोमा मर्दी खोला सेवा समिति हङकङ् सम्पूर्ण सदस्यज्यूहरू बधाईका पात्र बनेका छन्। आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै समुदायको गौरव बढाउने अपेक्षा गरिएको छ।यस  तमु ल्होछार को अबसरमा संस्थाका अध्यक्ष गणेश गुरुङले सबै लाइ  धन्यबाद  दिएका थिए

तस्बिर:  Jpthk

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!