शिव कल्चरल कम्युनिटी सेन्टरले भवन खरिद गर्दै

SHARE:

एटा संवाददाता
अल्डरसट । शिव कल्चरल कम्युनिटी सेन्टरले आफ्नो निजी भवन एवं शिव मन्दिरका लागि भवन खरिद गर्ने भएको छ । गत आइतबार ११ नोभेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा बसेको शिव कल्चरल कम्युनिटी सेन्टरको बैठकले सो निर्णय गरेको हो ।

स्थानीय बुद्धिष्ट कम्युनिटी सेन्टरका उपाध्यक्ष एवं गोर्खा नेप्लिज टेनिस एशोसिएसनका अध्यक्ष हर्क गुरुङ र तमुधिं युकेकी सल्लाहकार जगना गुरुङले शिव कल्चरल कम्युनिटी सेन्टरका कार्यसमितिसँग बैठक बसेर अल्डरसटको योर्क रोडस्थित कम्युनिटी हलको अवलोकन र हलको विवरणबारे प्रकाश पारेका थिए । हल खरिद गर्नेबित्तिकै प्रयोजनमा ल्याउन सकिने देखिएकोले उपस्थित सबै सदस्यहरु, सल्लाहकार भिम बाँनिया र गोर्खा सेक्युरिटी सर्भिसेसका मेनेजिङ्ग डाईरेक्टर हरि कुमार श्रेष्ठ (दाता) लगायतले खरिद प्रक्रिया अगाडि बढाउन सल्लाह दिए

बैठकले कम्युनिटी सेन्टरका महासचिव बिक्रम भट्टराईलाई आवश्यक प्रक्रियाका लागि आवश्यक रकम हस्तान्तरण गरिने र बैना प्रक्रिया पूरा भएपछि रकम सकेसम्म १० हप्ता भित्र बुझाउने निर्णय गरे । त्यस्तै, कोषाध्यक्ष बाचस्पति रेग्मीमार्फत यसअघि मन्दिर भवनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका दाताहरुलाई यथाशक्य छिटो आफ्नो प्रतिवद्धता रकम बुझाउन अनुरोध गर्ने, नयाँ चन्दादाताहरुलाई सहयोगका लागि अनुरोध गर्ने र निःशुल्क व्याजमा समेत रकम सापट माग्ने अनुरोध गर्ने निर्णय गरे ।

शिव कल्चरल कम्युनिटी सेन्टरले विगत २००९ सालदेखि पूजाआजा तथा संस्कृति कार्यक्रमहरु जस्तै योगी, नाटक, संगीत एवं नाच र भाषा सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ । बिशेषगरी त्यस्ता कार्यक्रमहरु संचालन गर्ने र समावेशी संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यलाई ध्यानमा राखी डि–२ लाईसेन्स भएको र १५० देखि २०० जनाको क्षमता भएको सो भवन खरिद गर्न लागिएका कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए । सो मन्दिर भवन तथा कम्युनिटी हल आउँदो २०१९ को जनवरीको अन्तिम हप्ताभित्र लिन सकिने हर्क गुरुङले जानकारी गराए । यसैबीच सम्पूर्ण शुभचिन्तकहरु, चन्दादाता एवं समाजसेवीहरुलाई चन्दा दिई आफ्नो भवन बनाउन सक्दो मद्दत दिन शिव कल्चरल कम्युनिटी सेन्टरले अनुरोध गरेको छ । कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा सदस्य इन्द्र शर्मा, शुभेच्छुकहरु निल कण्ठ, हरि भट्टराई र अनुप बर्मा लगायतको बिशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!