सदस्यता दर्ता गरी १२ औं महाधिवेशनमा सहभागी हुन एनआरएनएको अनुरोध [विज्ञप्तिसहित]

SHARE:

लन्डन ९ जनवरी २०२६ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए‌)ले १६ जनवरी २०२६ भित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई आग्रह गरेको छ ।

अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र बद्री केपीले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै हालसम्म कुनै पनि माध्यमबाट सदस्यता नलिएका विश्वभरका गैरआवासीय नेपालीहरूलाई १६ जनवरीभित्र Members Registration System (MRS) मार्फत सदस्यता दर्ता गरी महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् । एनआरएनए‌ बृहत् एकताको १२ औँ महाधिवेशन २३–२५ फेब्रुअरीमा सम्पन्न हुँदै छ । संघको बृहत् एकतापश्चात् गठन भएको स्टेरिङ कमिटीले महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले तथा अघि बढाइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्षद्वयले आपसी एकता र सहकार्यमार्फत १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपिलसमेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!