काठमाडौं १२ जनवरी २०२६ । मगर समुदायले काठमाडौंको टुँडिखेलमा यही पुस ३० देखि माघ १ गतेसम्म मकर संक्रान्ति-२०८२ मनाउँदै छन् ।
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा हुने संक्रान्ति महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव एवं मूल आयोजक समितिका सदस्यसचिव टेकबहादुर नामजाली मगरले जानकारी दिएका छन् ।
महोत्सवमा मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषाका साथै मगर जातिको मौलिक खेल लगायत प्रदर्शन हुने उनले बताए ।
मगर समुदायका मौलिक संस्कृतिहरू नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै विश्वव्यापी बनाउने उद्देश्यका साथ मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव आयोजना गरिएको मगरले बताए ।
मौलिक संस्कृति र विविध सांस्कृतिक कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन चाहने सम्पूर्ण संघ, संस्था, आबद्ध, सक्रिय संघसंस्था साथै गाउने, नाच्ने, बजाउने, हँसाउनेजस्ता कलाकारहरूले आआफ्नो संघ संस्थाको नाम, व्यक्तिगत नाम, प्रस्तुत कलाको नाम, मगर समुदायको मौलिक संस्कृतिको नाम, गीत संगीतको नाम पुस २९ गते बिहान ठीक ११ बजेसम्ममा दर्ता गर्न अनुरोध गरिएको छ ।
सम्पर्क व्यक्तिमा कविरा मगर, सांस्कृतिक उपाध्यक्ष नेपाल मगर संघ केन्द्रीय समिति 9840363601
नन्द घर्ती मगर, अध्यक्ष नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति 985-1087965
रन्जिता थापा मगर महासचिव नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति 984-3012154


