थाइल्यान्डमा रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु

SHARE:

थाइल्यान्ड १४ जनवरी २०२६ । थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षेतिग्रस्त संरचना विशाल कन्क्रीटका खम्बाहरूमा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ । उद्धारकर्ताहरूले राजधानी बैङ्कको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रुहरू निकाल्ने काम गरेको जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख थाचापोन चिन्नावोङलाई उदृत गर्दै एएफपीले दुर्घटनामा २२ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएको जनाएको छ । चिनको ५.४ अर्ब डलरको सहयोगमा थाइल्यान्डमा निर्माण गरिएको उच्च गतिको रेल परियोजनामा निर्माण स्थलमा दुर्घटना भएको जनाइएको छ ।

चीनको विशाल “बेल्ट एन्ड रोड“ पूर्वाधारको एक हिस्साको रूपमा यस परियोजनालाई सन् २०२८ सम्ममा लाओस हुँदै बैंककलाई चीनको कुनमिङसँग जोड्ने लक्ष्य राखिएको छ ।रेलको एउटा क्रेन रेलको लिगबाट निस्केर खस्दा दुर्घटना भई आगलागी समेत भएको नाखोन रत्चासिमाको प्रान्तीय जनसम्पर्क विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

स्थानीय मिडियाले प्रसारण गरेको प्रत्यक्ष फुटेजमा उद्धारकर्मीहरू घटनास्थलमा हतार– हतारमा उद्धार गरिरहेको देखिएको छ भने भग्नावशेषबाट धुवाँ निस्किँरहेको र रेलको लिग बाट एउटा बट्टा झरेको देखिन्छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!