लन्डन २ मार्च २०२६ । सांगीतिक प्रस्तुतिसहित धरान समाज यूकेको ‘फण्ड रेजिङ डिनर नाइट’ कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष निकेश लिम्बुको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलमा २८ फेब्रुअरी २०२६ मा उक्त कार्यक्रम भएको हो । करिब दुई सय जना सहभागी भएको कार्यक्रममा विभिन्न नृत्य, अक्सन, राफल ड्र र बस्कर्स व्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो ।
समाजका संस्थापक अध्यक्ष राजन लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरु समाजका ज्येष्ठ सदस्य तथा सल्लाहकार पदम राई, ह्याम्पसायर पुलिस कन्सटबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, जेन-जी प्रतिनिधित्व गर्ने स्वेताङ तामाङ एवं सामाजिक अभियन्ता लक्ष्मी राई (लारा)ले समाजले गृहजिल्ला र बेलायतमा गरेका परोपकारी गतिविधि प्रशंसनीय रहेको बताए ।
समाजका अध्यक्ष निकेश लिम्बुले सहभागी सबै आगन्तुक र अतिथीहरुप्रति धन्यवाद दिँदै संस्थाको कोष अभिवृद्धि गर्न सके आफैंले केही परोपकारी कार्य गर्न सकिन्छ भन्ने उद्देश्यसहित ‘फण्ड रेजिङ डिनर नाइट’ गरिएको बताए । उनले सबै सदस्यहरुको सहयोग र विश्वास नै समाजको शक्ति रहेको बताए ।
पहिलो चरणको औपचारिक कार्यक्रम महासचिव बल्लभ गुरुङ र दोस्रो चरणको सांस्कृतिक तथा अन्य कार्यक्रम उपाध्यक्ष पविन राईले सञ्चालन गरेका थिए ।



