बेलायतबाट डा. हेमराज शर्माले दिए एनआरएनए अध्यक्षमा उम्मेदवारी

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बेलायतबाट डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

डा. शर्माले बुधबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एनआरएनएको १२औँ महाधिवेशन मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले बुधबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकेको थियो । डा. शर्मा हाल संघको कार्यसमितिको उपाध्यक्ष छन् ।

एनआरएनएको १२औँ विश्व सम्मेलनलाई लक्षित गर्दै उनले संघलाई अझ सान्दर्भिक, प्रभावकारी र समावेशी बनाउन समयानुकूल रूपान्तरण गर्ने योजनाका साथ उम्मेदवारी दिएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!