नेपाली राजदूत अन्तर्राष्ट्रिय कफी संगठनमा

SHARE:

एटा सम्वाददाता
लन्डन । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ९ अप्रिल २०१८ मा भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१ औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवम् अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीलाई प्रोमोशन एण्ड मार्केट डेब्लोपमेन्ट कमिटीेको उपाध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ । उक्त कमिटीको अध्यक्षमा जापानका प्रतिनिधि मिट्सुरियो ताकायांगी निर्वाचित भएका छन् ।

राजदूत डा. सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत तथा ब्राजिलको प्रतिनिधिमण्डलका नेता माउरिको कार्भेल्हो लिरियोले प्रस्ताव गरेकोमा कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होण्डुरस, एलसाल्भाडोर, कोलम्विया र इथियोपियाका प्रतिनिधिहरुले समर्थन जनाएपछि डा. सुवेदीलाई सर्वसम्मतिले निर्वाचित गरेका थिए ।

कमिटीका नवनिर्वाचित उपाध्यक्ष डा. सुवेदीले नेपाल सरकारका तर्फबाट सबै सदस्य राष्ट्रहरुलाई समर्थनको लागि आभार व्यक्त गर्दै आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारीपूर्वक एवं उत्साह र उर्जाको साथ निर्वाह गर्ने विचार व्यक्त गरे । गुणस्तरीय कफी उत्पादनको प्रवद्र्धनका साथै कफी बजारको विस्तार आजको आवश्यकता हो भन्दै डा. सुवेदीले आफ्नो कार्यकालमा नेपाल लगायत अति कम विकसित र विकासोन्मुख मुलुकहरुको कफी उत्पादन र बजार प्रवद्र्धनका लागि ठोस र सार्थक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्मरणीय छ, नेपालले २२ फेब्रुअरी २०१७ मा मात्र अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको हो र नेपाल सरकारले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा.सुवेदीलाई २९ जुन, २०१७ मा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!