बेलायतमा मृत्यु भएकी राईको अन्त्येष्टिका लागि आफन्त सवार हेलिकोप्टर खोटाङमा दुर्घटना

SHARE:

काठमाडौँ १८ मार्च २०२६। खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ ।

बुधबार बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११:५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौँबाट गएको अर्को हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उनले जानकारी दिए । उक्त हेलिकोप्टरमा एक महिनाअघि युके (बेलायत)मा मृत्यु भएकी ८० वर्षीया मनलक्षी राईको अन्त्येष्टिका लागि मृतकका आफन्त आएका थिए । मृतकका श्रीमान ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीमान राई हेलिकोप्टरमा सवार थिए ।

मृतकको शव भने गाडीमार्फत बिहीबार गाउँ आइपुग्ने आफन्तले जनाएका छन् । आफन्तहरू भने सकुशल रहेको वडाध्यक्ष राईले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!