रास्वपा नेतृत्वमा बन्ने नेपाल सरकारलाई बेलायतबाट काउन्सिलर गुरुङको तीन सुझाव

SHARE:

लन्डन । बेलायतबाट काउन्सिलर तथा पूर्वउपमेयर लक्ष गुरुङले नेपालमा केही दिनमै बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई तीन सुझाव दिएका छन् ।

लन्डन बोरो अफ बर्नेट काउन्सिलका कान्सिलर तथा पूर्वउपमेयर गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल सरकारलाई सुझाव दिएका हुन् । उनले बालेन सरकारले शपथ खाएपछि सबभन्दा पहिला आवश्यक कानुन परिवर्तन वा परिमार्जन गरेर पुरानो पार्टीहरुले राजनैतिक नियुक्ति गरेका अख्तियार प्रमुख र न्यायालयका न्यायाधीशहरुलाई जति सक्दो चाँडो पदमुक्त गराएर नयाँ नियुक्ति गराई गर्नुपर्ने सुझाव दिएका छन् ।

‘त्यसपछि मात्र भदौ २३/२४ को घटनाको छानबिनको रिपोर्टलाई कार्यान्वयन गरियोस् र गत ३४/३५ वर्षमा गरेका ठुला ठुला भ्रष्टाचारको फाईलहरु भट्टाभट खोलियोस्,’ उनले भने, ‘त्यसो गर्न सके जनताले आफूले दिएको भोटको सही कदर भएको र देशमा परिवर्तन आएको महसुस गर्ने छन् ।’

रास्वपा वरिष्ठ उपसभापति बालेन्द्र शाहले यही चैत १३ मा नेपालको प्रधानमन्त्रीको रूपमा शपथ खाने तयारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!