नेपाल आदिवासी जनजाति महासंघद्वारा मुख्यमन्त्री बानियाँको अभिव्यक्तिप्रति आपत्ति, माफी माग्न माग

SHARE:

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उक्त अभिव्यक्तिले आदिवासी जनजाति, महिला तथा मुस्लिम समुदायको पहिचान र अस्तित्वमाथि अवमूल्यन गरेको आरोप लगाएको छ।

नेफिनका अनुसार २०८२ चैत ५ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न एघारौं महाधिवेशन उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले दिएको मन्तव्यप्रति आफ्नो ध्यानाकर्षण भएको हो । महासंघले उक्त अभिव्यक्ति नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संवैधानिक मूल्य र मान्यताविपरीत रहेको जनाएको छ।

वक्तव्यमा ऐतिहासिक रूपमा बहिष्कृत तथा सीमान्तकृत वर्ग, लिङ्ग र समुदायको मानवअधिकार संरक्षणका लागि गठन भएका आयोगहरूप्रति जिम्मेवार पदमा रहेका व्यक्तिबाट ‘गलत र अपमानजनक’ टिप्पणी आउनु आपत्तिजनक भएको उल्लेख गरिएको छ। साथै, आदिवासी आन्दोलनलाई जातीय राजनीतिसँग जोडेर नकारात्मक रूपमा चित्रण गर्नु अनुचित भएको नेफिनको भनाइ छ।

महासंघले आफ्नो महाधिवेशनबाट पारित ६ बुँदे प्रस्तावको भावनाविपरीत अभिव्यक्ति आएको भन्दै मुख्यमन्त्री बानियाँसँग सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ। अन्यथा यसबाट सिर्जित परिस्थितिको जिम्मेवारी स्वयं मुख्यमन्त्रीले लिनुपर्ने चेतावनी पनि दिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!