नेपाली कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

SHARE:

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी उक्त निर्णय गरिएको उनले बताए ।

बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाटीले प्राप्त गरेको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रूपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको निष्कर्ष निकालेको छ ।

मुलुकको मौजुदा परिस्थितिमा कांग्रेस सभापतिको रूपमा थापाले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभइसकेको वर्तमान अवस्थामा सभापति थापालाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा यही चैत ६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकमा उपसभापति शर्माले गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई प्राप्त सुझावसमेत समावेश गरी परिमार्जनसहित पारित गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!