तेह्रथुम समाज युकेद्वारा उपसभामुख तुम्बाहाङ्फको सम्मान

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । तेह्रथुम समाज युकेले प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सम्मान गरेको छ ।

गत २५ नोभेम्बरमा बेलायतको आसफोर्डमा मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठकसहित तेह्रथुम समाजले उपसभामुख तुम्बाहाम्फेलाई सम्मान गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष डम्मर सिङ्गकले आफ्नो जिल्लाकी एक चेलीले राष्ट्रकै गरिमामय पदमा रहेर जनसेवा गर्ने सुअवसर पाएकोमा गौरवान्वित भएको बताउँदै सम्मान पत्रबाट सम्मान गरे । सम्मानपछि उपसभामुख तुम्बाहाम्फेले नेपालको वर्तमान राजनीति र देशमा भएका समस्या र विकासका कार्यहरुबारे धारणा राखेकी थिइन् ।

सिंगकको अध्यक्षतामा बसेको बैठकले मयङ्लुङ् क्याम्पसको एक छेउको ३ तले (एक, एक कोठा) को भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ । भवन निर्माणका लागि संस्थापक अध्यक्ष चित्राज लिम्बूले सन् २०११ मा सहयोग जुटाउन सुरु गरेका थिए । त्यसपछि पूर्वाध्यक्ष सुर्य खापुङ्ले ठूलो सहयोग जुटाएर वर्तमान कमिटीलाई हस्तान्तरण गरेका थिए ।

भवन निर्माणको लागि ने.रु. ५ हजारदेखि १ लाखमाथि सहयोग गर्नेहरुको नाम शिलालेखमा रोलक्रमअनुसार राखिने र अन्य दाताहरुको रेकर्ड कार्यालयमा सुरक्षित राखिने निर्णय गरिएको छ । मयङ्लुङ् क्याम्पस भवन निर्माणको लागत भने करिब ७ लाख रहेको प्रतिवेदन समाजका कोषाध्यक्ष जमिन थाम्देनले दिएका छन् ।

पहिलो चरणमा च्यारिटी डिनर नाईटबाट उठेको रकम नेपाली रु ३ लाख २१ हजार ५ सय रुपैयाँ केही वर्ष अगावै हस्तान्तरण गरिसकिएको र वर्तमान अध्यक्ष सिङ्गकले अब बाँकी २ हजार ७ सय ५४ पाउन्ड हस्तान्तरणबारे निर्णय गर्दै पहिलो चरणको कार्यक्रम समापन गरे ।

सन् २००७ मा स्थापनापछि तेह्रथुम समाजले धेरै परोपकारी कार्य गर्दै आएको छ । संस्थाका अनुसार क्यान्सरपीडित आर्थिक सिङ्गक, भीमप्रसाद थेगुम्बा, मौसम लिम्बु, मुटुरोगी सरिता लिक्बू, तेह्रथुम सदरमुकामा रहेको समाधिस्थलको पुनर्निर्माण सहयोग साथै आठराई संक्रान्ति बजारका अग्निपीडितहरुका लागि १५ लाख नेपाली रुपैयाँ हस्तान्तरण गरेको थियो ।

कार्यक्रमलाई संस्थाका सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सानु सुब्बाले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!