नेपालका पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा ठाउँ ठाउँमा एमालेको प्रदर्शन

SHARE:

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेपालका विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई पक्राउ गरिएकोमा कार्यकर्ताहरु काठमाडौंलगायत देशभर प्रदर्शनमा उत्रिएका छन् । एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले शनिबार दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । एमाले कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरेका कारण सडकमा सवारीसाधन ठप्प पारियो । टायर र डिभाइड जम्मा पारेर कार्यकर्ताले जलाउँदा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । उपत्यका बाहिरका विभिन्न जिल्लाको मुकाममा एमालेले प्रदर्शन गरेको छ ।

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई उनीहरुकै निवासबाट शनिबार बिहान पक्राउ गरेको हो । आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!