ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संघीय संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन् ।
दलको विधान २०७७ को दफा ६ बमोजिम सम्पन्न चयन प्रक्रियाअनुसार थापाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा दलको नेता घोषित भएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न निर्वाचनमा अन्य कुनै उम्मेदवार नपरेपछि थापा स्वतः निर्वाचित भएको घोषणा गरिएको मतदान अधिकृत निरज आचार्यले जानकारी दिएका छन् ।






