लन्डन २ अप्रिल २०२६ । तमु समाज युकेले आजीवन सदस्य तथा ज्येष्ठ नागरिक स्व. धनसिङ गुरुङको स्मृतिमा अप्रिल ५ मा शोकसभा गर्ने भएको छ ।
लन्डनस्थित तमु समाज युके भवनमा शोकसभा आयोजना गरिएको हो । कार्यक्रम बिहान १० देखि ११:३० बजेसम्म हुनेछ ।
‘गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका (रामबजार) स्थायी घर तथा स्याङ्जा जिल्ला, फेदिखोला गाउँपालिका (अक्रङ्ग गाउँ) पुर्ख्यौली घर भई हाल बेलायतको लुइशाम, लण्डन निवासी तमु समाज युकेका आजीवन सदस्य तथा ज्येष्ठ नागरिक स्व. श्री धन सिङ गुरुङज्यूको ९२ वर्षको उमेरमा, गत २२ मार्च २०२६ का दिन उपचारको क्रममा लुईशाम अस्पतालमा भएको असामयिक स्वर्गारोहणले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ,’ सूचनामा भनिएको छ, ‘स्वर्गीय गुरुङज्यूको पार्थिव शरीर अन्तिम संस्कारका लागि नेपाल लैजाने निर्णय भएको हुँदा, उहाँको सम्मान र सम्झनामा तमु समाज युकेद्वारा एक “विशेष शोक सभा” आयोजना गरिएको छ । उक्त कार्यक्रममा उपस्थित भई स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गरिदिनुहुन तमु समाज युकेका सदस्यहरु र शुभचिन्तकहरुमा विनम्र अनुरोध गर्दछौँ ।’
स्व. धनसिङकी श्रीमती रामसुवा गुरुङ तमु समाज युकेको आजीवन सदस्य, छोरा/बुहारीहरू: सुबासिङ गुरुङ बीईएम सल्लाहकार, दिनेश गुरुङ कार्यसमिति सदस्य, उनकी श्रीमती कमला गुरुङ आजीवन सदस्य, श्रीमती राजी गुरुङ आजीवन सदस्य छन् ।
स्वर्गीय गुरुङ एक मिलनसार भद्र व्यक्तित्वका रूपमा परिचित थिए । रामबजार क्षेत्रमा निकै चर्चामा रहेको गुरुङ मेडिकल हलका सञ्चालकसमेत रहेका स्व. गुरुङ कवि पनि थिए ।







