विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

SHARE:

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिएका छन् ।

शुक्रबार एनआरएनएको प्रतिनिधिमण्डललाई मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री खनालले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानप्रति आभार व्यक्त गरे । “यस पटक देशमा भएको परिवर्तनमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान छ भन्ने कुरा स्पष्ट रूपमा हाम्रो नेतृत्व तहमा स्थापित छ,” उनले भने ।

आर्थिक समृद्धिका लागि विदेशस्थित नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गरे । “सानातिना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा सहकार्य आवश्यक छ,” उनले भने ।

मन्त्री खनालले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको औंल्याउँदै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव अघि सारेका छन् ।

मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डाहरूलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै अब तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । नागरिकतासम्बन्धी विषयमा स्पष्ट रूपमा सकारात्मक रहेको भएपनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यक हुन सक्ने उल्लेख गरे ।

त्यस्तै, उनले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिए । प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको उनको भनाइ थियो ।

विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार गर्दै उनले भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए । दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!