काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो । व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन् ।
शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घराना हो । मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ । यो समूहले पछिल्ला वर्षहरुमा अर्का विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारीमा धेरै व्यवसाय सञ्चालन गर्दै आएको छ । भट्टलाई प्रहरीले बिहीबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।






