काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल ‘बले’लाई पक्राउ गरेको छ ।
बलात्कारको आरोप लागेपछि लम्साललाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।
अमेरिका आएको बेला भएको भेटघाटका क्रममा उनले बलात्कार गरेको उल्लेख गरेकी थिइन्। उनले घटना सार्वजनिक गरेपछि सोधपुछका लागि लम्साललाई झिकाइएको प्रहरीले बताएको छ। ती पीडित युवतीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।






