पोखरा । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएर भताभुङ्ग बनाइदिएको छ । ।
महानगरपालिकाले शनिबार बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो । महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए ।
यसअघि नवगठित संघीय सरकारले नै फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो ।मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषय उल्लेख गरिएको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अदालतको आदेश कार्यान्वयन गर्न अनाधिकृत संरचना हटाइएको बताएका छन् । तालको ६५ मिटर क्षेत्र खाली गर्न काम अघि बढाइएको उनको भनाइ छ ।







