मगर संघ यूकेका पूर्वअध्यक्ष डा.दूत पुन मगरसहित ३ जना सम्मानित

SHARE:

लन्डन ५ अप्रिल २०२६ । मगर संघ यूकेका पूर्वअध्यक्ष डा.दूत पुन मगर (चिम्खोले काइँला)सहित ३ जना सम्मानित भएका छन् ।

मगर संघ यूकेको शनिबार बेलायतको फार्नबोरोस्थित क्रिष्ट चर्चमा आयोजित वार्षिक साधारणसभाका क्रममा हालै विद्यावारिधि हासिल गरेका पूर्वअध्यक्ष डा.पुन, रेडिङ शाखाको अध्यक्षमा पुन: निर्वाचित सोब रेगामी मगर र विन्चेस्टर इष्ट्ली तथा साउथ ह्याम्पसायर शाखाका अध्यक्ष मेख राना मगरलगायत नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो ।

एभरेष्ट टाइम्स यूकेका सम्पादकसमेत रहेका चिम्खोले काइँलाले ‘The Euro American Education Group’ द्वारा सञ्चालित ‘European Institute of Management and Technology’ (EIMT) बाट ‘Doctorate in Arts (Social Science)’ विषयमा अध्ययन पूरा गरी २८ मार्च २०२६ का दिन बेलायतको ऐतिहासिक भवन ‘House of Lords’ मा आयोजित एक विशेष दीक्षान्त समारोहका बीच विद्यावारिधिद्वारा दीक्षित भएका थिए । डा.पुन पेसाले बेलायतको रक्षा मन्त्रालयको निजामती कर्मचारी हुन्।

नेपाल र बेलायतका विभिन्न सामाजिक संघ-संस्थाहरूमा सक्रिय पुनले यसअघि सन् २०१८ मा बेलायतको Anglia Ruskin University बाट ‘Marketing and Innovation’ विषयमा स्नातकोत्तर (Master’s Degree) तहको अध्ययन पूरा गरेका थिए । उनको यो पछिल्लो शैक्षिक उपलब्धिले नेपाली समुदाय र प्राज्ञिक क्षेत्रमा थप उत्साह थप्नुको साथै प्रेरनाको स्रोत बन्ने विश्वास लिइएको छ ।

म्याग्दी रघुगंगा गाउँपालिका-७ चिम्खोलामा जन्मिएका पुन पूर्वब्रिटिस गोर्खा हुन् । ६५ वर्षीय पुन साहित्य लेखन, पत्रकारिता र समाजिक काममा पनि उत्तिकै सक्रिय रहेका छन् । उनका कवितासंग्रह, कथासंग्रह, नियात्रा, व्यक्तित्व, उपन्यासलगायत एक दर्जन पुस्तक प्रकाशित छन् । साथै चलचित्र निर्माण, लोक तथा दोहोरी गीत र आधुनिक गीति एल्बल निकालेका छन् ।

मगर संघ यूकेको सोही कार्यक्रममा कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका विधान समितिका संयोजक क्याप्टेन राम पुन मगर तथा सदस्यहरू देवी आले मगर र कमला राना मगरलाई र ट्रस्टीको रूपमा कार्यकाल पूरा गरेका क्याप्टेन दुर्गा राम्जाली मगर, क्याप्टेन तम धेगा मगर र जगत थापा मगरलाई पनि खादा र मायाको चिनो प्रदान गर्दै सम्मानजनक बिदाइ गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!