नेपालमा बेलायतका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २८ वटा कलेज

SHARE:

काठमाडौं । नेपालमा बेलायतसहित विदेशी विद्यालयको सम्बन्धनमा ५६ वटा कलेजले नेपाली विद्यार्थीलाई उच्चशिक्षा पठनपाठन गराउँदै आएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी बेलायतका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २८ वटा कलेजहरु नेपालमा सञ्चालनमा रहेका छन् । त्यसपछि मलेसियाका विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको संस्था धेरै छ ।

मलेसियाका विश्वविद्यालयबाट सम्बन्धन लिएका २० वटा कलेज रहेको शिक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अमेरिका, थाइल्याड र भारतका विश्वविद्यालयबाट सम्बन्धन लिएका २/२ वटा कलेज सञ्चालनमा रहेका छन् । त्यस्तै अस्ट्रेलिया र स्वीजरल्याण्डका विश्वविद्यालयबाट सम्बन्धन लिएका १/१ कलेज सञ्चालनमा छन् ।

मन्त्रालयकाअनुसार यी अधिकांश कलेजहरु काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका छन् । स्नातक र स्नातकोत्तर तहमा विदेशी सम्बन्धनका कलेजहरुले व्यवस्थापन, विज्ञान तथा प्रविधि, कम्प्युटर विज्ञान, सूचना प्रविधि, मानविकी, साईबर सेक्युरेटी, व्यापार प्रशासन, नेटवर्क इन्जिनियरिङ, मोबाइल एप्लिकेसन डेभलमेन्ट, डाटा साइन्स, डाटा एनलाइसिस, सफट्वयेर इन्जिनियरिङ, हस्पिटालिटी म्यानेजमेन्ट, मानव संशाधन व्यवस्थापन, फेसन डिजाईनलगायतका संकाय र विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!