प्रवासी नेपाली मञ्च बेलायतद्वारा नेपाल सरकारलाई पठायो ९ बुँदे ज्ञापनपत्र

SHARE:

लन्डन । प्रवासी नेपाली मञ्च संयुक्त अधिराज्य बेलायतले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति ध्यानाकर्षण गराउँदै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

मञ्चले हालै सम्पन्न निर्वाचनमा बहुमतसहित निर्वाचित भई प्रधानमन्त्री बनेका नेतृत्वलाई बधाई दिँदै जनअपेक्षाअनुसार देशलाई स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेको छ। ज्ञापनपत्र लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीमार्फत नेपाल सरकारसमक्ष पेश गरिएको जनाइएको छ।

ज्ञापनपत्रमार्फत मञ्चले सरकार गठनपछि भएका केही गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाएको छ। विशेषगरी पूर्वप्रधानमन्त्री केपी शर्मालगायतका राजनीतिक व्यक्तित्वहरूको गिरफ्तारीप्रति आपत्ति जनाउँदै यसलाई विधिको शासनविपरीत भएको ठहर गरेको छ। मञ्चले यस्ता कार्य तुरुन्त बन्द गरी सम्बन्धित व्यक्तिहरूलाई रिहा गर्न माग गरेको छ।

त्यसैगरी, गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति पनि प्रश्न उठाइएको छ। मञ्चले आयोगको निष्पक्षता र कार्यशैलीप्रति देश तथा विदेशमा रहेका नेपाली समुदायमा शंका उत्पन्न भएको उल्लेख गरेको छ।

सामाजिक सञ्जालमा बढ्दो विकृति र आपत्तिजनक अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै मञ्चले यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। साथै, पेशागत तथा विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्धलाई लोकतन्त्रविरोधी कदम भन्दै तत्काल फिर्ता लिनुपर्ने उल्लेख गरेको छ।

मञ्चले लामो समयदेखि लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गरेका शक्तिहरूमाथि भइरहेको व्यवहारप्रति पनि आपत्ति जनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!