नेपाल मगर महिला संघको अध्यक्षमा चित्रकला छन्त्याल श्रीस सर्वसम्मत चयन

SHARE:

काठमाडौं । नेपाल मगर महिला संघको अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर सर्वसम्मत चयन भएकी छन् ।

संघको काठमाडौंमा यही चैत २७ र २८ मा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट चित्रकला श्रीसको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी वंशी (थापा), भाषिक उपाध्यक्ष (खामपाङ) त्रिपना बुढा मगर, भाषिक उपाध्यक्ष (काइके) फुर्वा ल्मामु रोकाय, सांस्कृतिक उपाध्यक्ष (अठार) विषमती बुढा, सांस्कृतिक उपाध्यक्ष (बाह्र) दुर्गादेवी राना मगर, महासचिव चन्दा थापा मगर, उपमहासचिव प्रितमकुमारी राना मगर, संगठन सचिव जुना राना मगर, सञ्चार सचिव रुपा आले थापा मगर, विदेश सचिव निलम थापा मगर, जनसम्पर्क सचिव केशकुमारी राना, प्रशासन सचिव कविता थापा मगर, कोषाध्यक्ष सुधार राना मगर, सहकोषाध्यक्ष कुमारी आले चयन भएका छन् ।

सदस्यहरुमा कोशीबाट सविता कुमारी मगर, शिला खपाङ्गी मगर, रिता राना मगर चयन भए ।

मधेशबाट भगवतीकुमारी पुलामी, सिमा लुंगेली, रुपाकुमारी राना चयन हुँदा बागमतीबाट बच्चुमाया सुनारी मगर, मायादेवी श्रीस मगर, सावित्री राना मगरले सदस्यको जिम्मेवारी पाएका छन् ।

गण्डकीबाट नुनु राना मगर, नुनु माया थापा, विष्णुमाया राना मगर, लुम्बनीबाट नन्दाकुमारी बुढा, तारा पुन मगर, कमला पुन मगर र दालीमाया पुन मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कर्णालीबाट लीला सिंजापती र खगीसरा खाम्बा सदस्यमा छनोट भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!