एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदक जित्नबाट वञ्चित

SHARE:

काठमाडौँ । नेपाली कराते खेलाडी एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदक जित्नबाट वञ्चित भएकी छन् ।

चीनको सिचुवान प्रान्तस्थित लेसनमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भइन् । आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका पहिलो वरीयताप्राप्त काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग प्रतिस्पर्धात्मक खेलमा २–१ अंकले पराजित भएपछि रजत पदकमै खुम्चिइन् ।

प्रिमियर लिगमा उनको यो दोस्रो रजत पदक हो । यसअघि एरिकाले जनवरीमा टर्कीको इस्तानबुलमा प्रिमियर लिगमै फाइनल पुगेर रजतमा रोकिएकी थिइन् । त्यति बेला पनि उनी सोफ्यासँगै पराजित भएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!