शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर र लिडर अफ काउन्सीलबीच भेटघाट

SHARE:

एटा संवाददाता
अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर र लिडर अफ काउन्सील डेवीड ल्किफोर्डबीच भेटघाट भएको छ । शिव कल्चरल कम्युनिटी सेन्टरले नयाँ भवन शीव मन्दिर खरिद गर्दा काउन्सीलको तर्फबाट हुने सरसहयोगको बारेमा कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङ र शीव मन्दिर भवन खरिद संयोजक एवं गोर्खाज लउन टेनिस क्लबका अध्यक्ष तथा बुद्धिष्ट कम्यूनिटी सेन्टर युकेका उपाध्यक्ष हर्क गुरुङको नेतृत्वमा छ सदस्यीय टोलीले सो भेट गत शुक्रबार २९ नोभम्बरका दिन गरेको हो ।

रशमुर बोरो काउन्सीलले विगतमा कम्यूनिटी सेन्टर प्रस्तावित भवनको निम्ति सहयोग गरेको तर हासिल गर्न सकेको थिएन । रशमुर बोरो काउन्सीलले गोर्खा सिनियर सिटजन, स्थानीयवासी र यूवाहरुको निम्ति वेलफेयर (सामाजिक कल्याण) कार्यक्रमहरुमा सहयोग गरिरहेको छ ।

शीव कल्चरलको भावी कार्यक्रम र सामाजिक समावेशी कार्यक्रमको रुपरेखा जस्तै सिनियर सिटिजनका निम्ति पूजाआजा गर्ने, सनातन धर्म स्थल शीव मन्दिरमा योगा, अंग्रेजी नेपाली भाषा प्रशिक्षण, विभिन्न किसिमको बैठकका लागि जम्मा हुने गरी करीब १५० जनाको क्षमता भएको हलको प्रयोजन गर्न सकिने छ । सो भवनको सरसहयोगका लागि लिडर डेविड क्लिफोर्डले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।
खरिद गर्न लागिएको प्रस्तावित भवनले कम्युनिटी हलको आवश्यकतालाई परिपूर्ति गर्नसक्ने महासचिव बिक्रम भट्टराईले जनाए ।

उक्त बैठकामा वुद्धिष्ट कम्यूनिटी सेन्टर युकेको शाखा हाउन्स्लोमा खोल्नका निम्ति काउन्सील लिडर डेभिड क्लिफोर्डले सिफारीस पत्र लेखी सहयोग गरेका थिए । सो सिफारिसले आफूहरुमा उत्साह बढेको बताउँदै बि.सी.सी यूके उपाध्यक्ष हर्क गुरुङले धन्यवाद ज्ञापन गरिएको शीव कल्चरल कम्यूनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!