जयराम तामाङ
सुईन्डन (यूके) । बेलायतको सुईन्डनमा नेपाली नयाँ वर्ष २०८३ को कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
यही अप्रिल ११ तारिख शनिबार सुईन्डनस्थित पञ्जावी हलम नेपाली समाज वेल्टशायरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । मन्त्री हैडी, कार्यवाहक राजदूत दुवाडी र नेपाली समाज वेल्टशायरका अध्यक्ष रन्जन मल्लले दीप प्रज्वलन गरेर कार्यक्रम प्रारम्भ गरेका थिए ।
सल्लाहकार ज्ञानप्रसाद गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमलाई कल्चर सेक्रेटरी बबिता कुँवर र यमुना आलेले सञ्चालन गरेका थिए ।
नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत बिपिन दुवाडी र मन्त्री सेक्रेटरी अफ स्टेट फर ट्रान्स्पोर्ट हैडी अलेक्जान्डरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सयौं नेपालीलगायत स्थानीय बेलायती महिला तथा पुरुषहरुको पनि उपस्थिति रहेको थियो । रनर पब, युयुमा नेपाली सप, गोर्खा मिनी मार्केट, पिपल स्टेट एजेन्ट, यात्री मोर्गेज, एमबीटी ड्राईभिङ स्कुल,यती होम्स,याक द हिमालय रेस्टुरेन्ट, क्याबेन्डिस स्क्वाएर नेपाली पसल, मम किङस ओल्ड टाउन र मम किङस टाउनले कार्यक्रमलाई प्रायोजन गरेका थिए ।
चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङको दमदार प्रस्तुतिले नेपालीहरुलाई मात्र नचाएनन्, स्थानीय बेलायतीहरुलाई पनि नाच्न बाध्य तुल्याएकी थिइन् ।






