लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को मोना इन्भेस्टमेन्ट फोरमको संयोजकमा योगेन क्षेत्री चुनिएका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समिति २०२६–२०२८ कार्यकालको दोस्रो बैठकले एनआरनए यूकेका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीलाई फोरमको संयोजकमा चयन गर्ने निर्णय गरेको हो । उनी मोनाको पूर्वअध्यक्ष र संरक्षकसमेत हुन् ।
‘आर्थिक सुदृढीकरण तथा लगानी विस्तारका लागि स्थापना गरिएको ‘मोना इन्भेस्टमेन्ट फोरम’का लागि पूर्वअध्यक्ष श्री योगेन क्षेत्रीज्यूलाई संयोजक चयन गर्ने निर्णय गरियो,’ महासचिव सुवास रामजालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको विधानको दफा २५.३ बमोजिम अन्तर्राष्ट्रिय कार्यसमितिलाई आवश्यकता परेको बेलामा दीर्घकालीन मार्गदर्शन तथा संरक्षणका लागि प्रमुख संरक्षकको आवश्यकता महसुस गर्दै छलफलपश्चात् पूर्वअध्यक्ष अम्मर छन्त्याललाई उक्त पदमा चयन गर्ने सर्वसम्मत निर्णय गरिएको छ ।
संघका अध्यक्ष मिम पुर्जाको अध्यक्षतामा अनलाईन माध्यममार्फत बसेको बैठकले ११ बुँदे निर्णय गरेको थियो । बैठक संचालन महासचिव सुवास रामजालीले गरेका थिए ।
बैठकमा उपस्थिति हुनेहरुमा अध्यक्ष मिम पुर्जा, उपाध्यक्ष ई. नन्द गर्बुजा, उपाध्यक्ष रामबहादुर खड्का, उपाध्यक्ष दीपक के.सी., उपाध्यक्ष किसान जी.सी., महासचिव सुवास रामजाली, सचिव दीपु मगर, सचिव सुवास दुतराज, महिला सचिव स्तुति सुवेदी, कोषाध्यक्ष नरेन्द्र फगामी, सह–कोषाध्यक्ष पूर्ण रोका, युवा संयोजक प्रेम सुवेदी, सचिवालय प्रमुख सुनिल सुबेदीलगायत थिए ।
यस्ता छन् निर्णयहरु
निर्णय न १:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष श्री नरेन्द्र फगामीज्यूद्धारा प्रस्तुत गरी अनुमोदन गरियो ।
निर्णय न २:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको विधानको दफा २५.३ बमोजिम अन्तर्राष्ट्रिय कार्यसमितिलाई आवश्यकता परेको बेलामा दीर्घकालीन मार्गदर्शन तथा संरक्षणका लागि प्रमुख संरक्षकको आवश्यकता महसुस गर्दै छलफल पश्चात् पुर्व अध्यक्ष श्री अम्मर छन्त्याल ज्यूलाई उक्त पदमा चयन गर्ने सर्वसम्मत निर्णय गरियो ।
निर्णय न ३:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तथा जिम्मेवारी विभाजन स्पष्ट गर्न निम्न उपसमितिहरू गठन गर्ने निर्णय गरियो ।
१.सचिवालय व्यवस्थापन तथा प्रशासनिक कार्यसम्पादन उपसमिति संयोजक: ई. नन्द गर्बुजा (यूएई)
२.कला तथा संस्कृति उपसमिति संयोजक: राम खड्का (जापान)
३.खेलकुद उपसमिति संयोजक: हरी राम्जाली (अष्ट्रेलिया)
४.सदस्यता विस्तार तथा अभिलेख उपसमिति संयोजक : दिपक केसी (जापान)
५.आर्थिक व्यवस्थापन उपसमिति संयोजक :किसान जिसी (यूके)
६.महिला सञ्जाल विस्तार उपसमिति संयोजक: स्तुति सुवेदी (यूके)
७. प्रचार–प्रसार उपसमिति संयोजक : सुवास रामजाली (यूएई)
निर्णय न ४:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिकोे आर्थिक सुदृढीकरण तथा लगानी विस्तारका लागि स्थापना गरिएको “मोना इन्भेस्टमेन्ट फोरम” का लागि पुर्व अध्यक्ष श्री योगेन क्षेत्री ज्यूलाई संयोजक चयन गर्ने निर्णय गरियो ।
निर्णय न ५:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको केही रिक्त पदहरू पहिचान गरी आवश्यक प्रक्रिया, मापदण्डका आधारमा चाँडै पदपूर्ति गर्ने निर्णय गरियो । यसका लागि सम्बन्धित निकायलाई जिम्मेवारी प्रदान गरियो ।
निर्णय न ६:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको विधानको दफा २५.७ बमोजिम अन्तर्राष्ट्रिय कार्यसमितिलाई स्थानिय कार्यक्रम, सम्मेलन तथा महाधिवेशन सम्पन्न गर्न आवश्यकता परेको बेलामा गहन सुझाव, सल्लाह तथा सहयोग गर्न क्षमता राख्ने स्थानिय व्यक्तित्वहरु सम्मिलित निम्नानुसारको स्थानिय व्यवस्थापन समिति गठन गरियो ।
१. सुवास कुमार श्रेष्ठ –संयोजक
२.दिनेश केसी –सदस्य
३.सुमन श्रेष्ठ –सदस्य
४.अमर बानियाँ –सदस्य
५ तेजेन्द्र बानियाँ –सदस्य
निर्णय न ७:
म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिको २०२६–२८ कार्यकालको लागि प्रत्येक राष्ट्रिय कार्यकारी समितिलाई १ जना केन्द्रिय सदस्य सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरियो । पत्राचार गरेको मितिबाट २ हप्ताभित्र हरेक राष्ट्रिय कार्यकारी समितिले उक्त नामावली अन्तर्राष्ट्रिय कार्यकारी समितिमा उपलव्ध गराउनु पर्ने निर्णय गरियो ।
निर्णय न ८:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न महिलालाई प्राथमिकता दिई प्रत्येक राष्ट्रिय कार्यकारी समितिले १ जना महिला प्रतिनिधि पत्राचार गरेको मितिबाट २ हप्ताभित्र सिफारिस गर्न निर्णय गरियो ।
निर्णय न ९:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको दीर्घकालीन योजना अन्तर्गत “मोना हाउस” निर्माण कार्यलाई अगाडि बढाउन निम्न उपसमिति गठन गर्ने निर्णय गरियो ।
१.संयोजक: ददिबल खड्का
२.सदस्य: ई. नन्द गर्बुजा
३ सदस्य: हरि राम्जाली
४.सदस्य: राम बहादुर खड्का
५.सदस्य: दीपक के.सी
६.सदस्य: किसान जी.सी.
७.सदस्य: सुवास दुतराज
८.सदस्य: नरेन्द्र फगामी
९ सदस्य: पूर्ण रोका
१०.सदस्य: प्रेम सुवेदी
११.सदस्य: विक्रम कार्की
निर्णय न १०:
म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष ददिवल खड्काज्यू र पूर्व वरिष्ठ उपाध्यक्ष टीका गुरुङज्यू (राधिका) हालै सम्पन्न भएको गैर–आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को १२औं एकता महाधिवेशनबाट क्रमशः उपाध्यक्ष र महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना दिने निर्णय पारित गरियो ।
निर्णय न ११:
जापानमा हुन गईरहेको दोस्रो मोना म्याग्दी इतावाशी नेपाल फेस्टिवल २०२६ मा सघंको अध्यक्ष श्री मिम पुर्जाज्यू विशिष्त अतिथी रुपमा सहभागी हुने जानकारी गराईयो र सो कार्यक्रम अवधि भर मोना हाउस निर्माणार्थ आवश्यक रसिद प्रिन्ट गरी आर्थिक सहयोग संकलन गर्ने निर्णय पारित गरियो ।






