लन्डन । इलाम समाज बेलायतकम नयाँ कार्यसमिति चयन गरिएको छ । अप्रिल ११ मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको सातौं अधिवेशनले धनबहादुर राईको नेतृत्वमा आगामी तीन वर्षका नयाँ कार्यसमिति चगन गरेको हो । धनबहादुर राई यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नवगठित कार्यसमिति उपाध्यक्षमा कृष्णवीर तामाङ र मेजर नवल किरण याक्खा, महिला उपाध्यक्ष मिना गुरुङ, महासचिव चोक गुरुङ, सचिव इन्द्रबहादुर राई, कोषाध्यक्ष डम्बर राई तथा सह–कोषाध्यक्ष धन अशोक राई चुनिएका छन् ।
यस्तै खेल संयोजक लेखराज राई,जनसम्पर्क/मिडिया संयोजक प्रेमबहादुर राई चयन भएको निर्वाचिन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिकी संयोजक प्रमिला लाबुङ राईले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
नयाँ कार्यसमिति चयनका लागि संस्थाका पूर्वअध्यक्ष प्रमिला लाबुङ राईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिमा रमेश बुर्जा सदस्य सचिव र मानबहादुर राई सदस्य रहेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष टेकवीर राईले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष धनबहादुर राईले संस्थालाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।
यसअघि उद्घाटन सत्र अध्यक्ष टेकबीर राईको अध्यक्षता र महासचिव याम कमल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष धनबहादुर राईले स्वागत मन्तव्य राखेका थिए । पूर्वअध्यक्ष राजेन्द्र राईले शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनमा महासचिव याम कमल गुरुङले प्रगति प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष घनश्याम गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । छलफलपछि दुवै प्रतिवेदन पारित गभएको इलाम समाज बेलायतले जनाएको छ ।







