भूपू गोर्खा र तिनका सन्ततिका वंशज नागरिकता निरन्तरता माग
लन्डन । बृटिश गोर्खा नागरिकता निरन्तरता (सीएनसीबीजी) यूके र भूपू सैनिक कल्याणकारी समिति नेपालले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर बुधबार वैशाख २ गते भूपू गोर्खा र तिनका सन्ततिका वंशज नागरिकता निरन्तरता मागसहित सीएनसीबीजी र भूपू सैनिक कल्याणकारी समिति नेपालको संयुक्त प्रतिनिधिमण्डलले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
गृहमन्त्री गुरुङले भर्तीका कारण बेलायतमा रहन परेका/पर्ने गोर्खा नेपालीजन र उनका सन्ततिका वंशजको नेपाली नागरिकता निरन्तरता बारेको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यसबारे नेपाल सरकाले छिट्टै नै छिनोफानो लगाउने तथा गहन तवरले सम्बोधन गर्ने आश्वासन दिएको सीएनसीबीजीका अध्यक्ष थर्क रानाले जानकारी गराए ।









