चितवन परिवार यूकेको शनिबार नयाँ वर्ष पार्टी, अध्यक्ष मित्र गुरुङले दिए बेलायतवासीलाई चुले निम्तो

SHARE:

लन्डन । चितवन परिवार यूकेले शनिबार १८ अप्रिलमा नेपाली नयाँ वर्ष २०८३ विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

मिचेटमा सांस्कृतिकलगायत विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाउन लागिएको हो । चितवन परिवार यूकेका अध्यक्ष मित्र गुरुङले कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई चुले निम्तो भनेका छन् ।

‘सम्पूर्ण चितवन परिवार यूके सदस्य, फेसबुक मित्रज्यूहरूमा नमस्कार । यही April 18 Saturday 2026 मा चितवन परिवार यूकेको आयोजनमा हुन गइरहेको नेपाली नयॉ वर्ष २०८३ को भव्य समारोहमा हजुरहरुमा चुले निम्तो ल !,’ अध्यक्ष गुरुङले फेसबुकमा लेखेका छन् ।

कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिकाहरु निर्जला गुरुङ, रेश्मा तामाङलगायतले प्रस्तुति दिनेछन् ।

गायिका रेश्मा तामाङले पनि सँगै नयाँ वर्ष मनाउन आग्रह गरेकी छन् । ‘नमस्कार सम्पूर्णमा । अप्रिल १८ मतलब भोलि शनिबारको दिन चितवन परिवार युकेले मनाउन गइरहेको २०८३ नेपाली नयाँ वर्ष पार्टीमा मलाई पनि आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न पाउने शुभ अवसर दिनु भएको छ । (म र निर्जल गुरुङ) पनि आउँदै छौँ । हजुरहरु सँगै नयाँ वर्ष मनाउन हजुरहरु पनि आफ्नो अमूल्य समयलाई छुट्ट्याउनु होला । गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु,’ उनको फेसबुकमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!