अनेसास यूकेका पूर्वअध्यक्ष सुमलकुमारद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई १ लाख सहयोग

SHARE:

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेका पूर्वअध्यक्ष सुमलकुमार गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाज्ञ एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका गुरुङले तमु समुदायका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्न स्थापित प्रतिष्ठानको मूल अक्षयकोषमा एक लाख प्रदान गरेका हुन् ।

बेलायती डायस्पोरामा रहेर नेपाली साहित्यलाई गहकिला कृतिहरू प्रदान गर्न गुरुङ सफल छन् । उनी अनेसास केन्द्रीय कार्यसमिति सल्लाहकार छन् ।

ज्ञान संस्कृतिप्रति समर्पित यस उदार, आत्मीय र प्रेरणादायी सहयोगप्रति तमु सांस्कृतिक प्रतिष्ठान नेपालले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

‘तपाईंको जीवन सधैं सुख, सुस्वास्थ्य र समृद्धिले आलोकित रहोस् भन्ने कामना गर्दै तपाईंको समाजसेवा र साहित्य साधनाको ओजस्वी यात्रा अझ उचाइतर्फ अग्रसर रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं,’ प्रतिष्ठानका अध्यक्ष श्रीजंग तमुले भने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!