काठमाडौं । तमु प्ये ल्हु संघ यूके शाखाको जम्बो टीम लमजुङ र कास्कीको सिमानामा रहेको तमु समुदायको अन्तिम राज्य अर्थात् आदिम (पैतृक) थलो क्होला सोंप्रे ट्हों (क्होलासोंथर) को अध्ययन अवलोकन भ्रमणमा जाने भएको छ ।
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुको नेतृत्वमा तय भएको क्होला अध्ययन अवलोकन भ्रमण यही २०८३ बैशाख ६-११ गतेसम्म ६ दिन रहनेछ ।
भ्रमणको मुख्य उद्देश्य तमुहरुको पुर्ख्यौली थलो क्होलाको वास्तविक अनुसन्धान, उत्खनन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यसँग पहल गर्नका लागि ऐतिहासिकता झल्किने डकुमेन्ट्री निर्माण गर्ने र खेगीगुरुहरूबाट प्राचीन जानकारी संकलन गरी क्होला सोंप्रे ट्हों दर्पण निर्माण गरी प्रकाशन गर्ने लक्ष्य रहेको कुरा सचिव भेगलाल गुरुङले बताएको छ ।
भ्रमण टोली भोलि ६ गते तमु प्ये ल्हु संघ केन्द्रीय फ.लि.ना. क्होइबो पोखरादेखी शुरु भइ लमजुङको भुजुङ हुँदै क्होला पुग्ने भ्रमण तालिका रहेकोले शुभसाइतका लागि आज बैशाख ५ गते ल्हेंगे पच्युद्वारा छ्योप पूजा गरी शुभयात्राको कामना गरेका छन् ।
















