बेलायत – मगर धनुषबाण समिति युकेले आफ्नो १०औँ वार्षिकोत्सवको शुभ उपलक्ष्यमा एक भव्य सांस्कृतिक कार्यक्रम र खुल्ला परम्परागत तारो खेल प्रतियोगिता आयोजना गर्ने भएको छ। सन् २०१५ मा स्थापित यस समितिले आफ्नो एक दशकको गौरवमय यात्रालाई विशेष उत्सवका साथ मनाउने तयारी गरेको हो।
यही आउँदो मे ९, २०२६ का दिन फार्नबरोस्थित कोडी बोमन स्पोर्ट्स एण्ड सोसियल क्लबमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू सरिश्मा पुनमगर, निरुता राम्जाली, ललिता पुनमगर र गोबिन पुनमगरलेको विशेष प्रस्तुति रहनेछ। त्यस्तैगरी कार्यक्रमको मुख्य आकर्षणको रूपमा परम्परागत तारो खेल प्रतियोगिताका र ‘धौलागिरी नौमती बाजा युकेको मौलिक धुन र प्रस्तुति हुनेछ।
बिहान १०:०० बजेदेखि राति १०:०० बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुन र मगर संस्कृतिलाई नजिकबाट अनुभव गर्न बेलायतमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा संस्थाका अध्यक्ष नद रोकामगरले हार्दिक निमन्त्रणा गरेका छन् ।






