मगर संघ युके युवा (MAUK Youth) द्वारा ‘My Journey Series I’ कार्यक्रमको आयोजना गर्दै

SHARE:

लण्डन, २१ अप्रिल २०२६ मगर युवा संघ युके (Magar Youth Association UK – MAUK Youth) को केन्द्रिय कमिटीले युवाहरूको वृतिविकास र भविष्यलाई लक्षित गर्दै ‘My Journey Series’ नामक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। “Build Your Career, Own Your Future” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम भोलि, २२ अप्रिल २०२६ का दिन बेलुकी ८:०० देखि ९:३० बजेसम्म जुम मार्फत सञ्चालन हुनेछ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित विज्ञ व्यक्तित्वहरूले आर्जन गरेको अनुभव, शैक्षिक योग्यता, आफ्नो सफलताको कथा र व्यवसायिक अनुभव साट्ने छन्। विभिन्न क्षेत्रका स्थापित विज्ञ व्यक्तित्वहरू निम्न तल छन् :

मनोज पुन (Monaj Pun): ग्रीनविच विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका पुन हाल एक सिनियर स्ट्रक्चरल इन्जिनियरका रूपमा कार्यरत छन्।

शारदा आले (Sharada Ale): स्ट्राथक्लाइड विश्वविद्यालयबाट एडभान्स्ड क्लिनिकल फार्मेसीमा स्नातकोत्तर गरेकी आले इन्डिपेन्डेन्ट प्रिस्क्राइबिङ फर्मासिस्ट हुन्।

सन्देश राना (Sandesh Rana): क्वीन मेरी विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातकोत्तर गरेका राना सफ्टवेयर इन्जिनियरिङ क्षेत्रमा भाइस प्रेसिडेन्ट (VP) को जिम्मेवारीमा छन्।

विसम अलवान (Wisam Alwan): सेन्ट जर्ज र किंग्स कलेज लण्डनबाट चिकित्सा शास्त्रमा उच्च शिक्षा हासिल गरेका अलवान कन्सल्टेन्ट डर्माटोलोजिष्ट हुन्।

हिरा आले (Hira Ale): कार्यक्रमको सञ्चालन र समन्वय एडिनबर्ग विश्वविद्यालयबाट बायोमेडिकल साइन्समा एमआरएस (MRes) गरेका सिनियर स्टाफ साइन्टिस्ट एवं MAUK Youth कि शिक्षा तथा मेन्टरसिप विभाग प्रमुख हिरा आलेले गर्नेछन् ।

कार्यक्रमको मुख्य उद्देश्य
सन् २०१६ मा स्थापना भएको मगर युवा संघ युकेले बेलायतमा रहेका मगर युवाहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्न मद्दत पुगोस् भन्ने हेतुले यो शृङ्खला सुरु गरेको हो। यस कार्यक्रमले विद्यार्थी र नयाँ युवा जनशक्तिलाई विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने र आफ्नो भविष्यको मार्गचित्र कोर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सहभागिता र सहयोग
कार्यक्रममा सहभागी हुन चाहनेहरूले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ। यस अभियानलाई UK Magar Association को वेम्ब्ली मिडिलसेक्स शाखा र नेपाली विजनेस डिरेक्टरी (Nepalese Business Directory) ले विशेष सहयोग गरेका छन्। साथै, ‘बुद्ध मोर्टगेज’ (Buddha Mortgage) र ‘स्पार्क’ (Spark) जस्ता संस्थाहरूले पनि यस कार्यक्रमलाई प्रवर्द्धन गरेका छन्।

थप जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज @magaryouthuk मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!