ब्रिटिस गोर्खा नेपालीज एसोसिएसन (बिजीएनए) ले नेपाली नयाँ वर्ष २०८३ धुमधामसँग मनायो

SHARE:

सन्त गुरुङ – लण्डन।

ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बिजीएनए) ले नयाँ वर्ष २०८३ को अवसरमा गत आइतबार, १९ अप्रिलका दिन लण्डन पोष्ट अफिस स्पोर्ट्स क्लब सडबरीमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष धुमधामसँग मनाएको छ। संस्थाका सिनियर नागरिकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव श्री धनकाजी गुरुङले गर्नुभएको थियो। कार्यक्रमको सुरुमा उपाध्यक्ष श्री कन्या प्रसाद गुरुङले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराउनुभएको थियो भने दोस्रो उपाध्यक्ष श्रीमती हुमकुमारी गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।

द नेसनल लोटरी कम्युनिटी फण्ड (The National Lottery Community Fund) को आर्थिक सहयोगमा आयोजित यस कार्यक्रममा सहभागीहरूका लागि प्रवेश शुल्क निःशुल्क (Free entry) राखिएको थियो। सहभागीहरूलाई गोर्खा दरबार रेस्टुरेन्ट फेल्तहामबाट ल्याइएको स्वादिष्ट भोजन र चिया कफीको व्यवस्था गरिएको थियो, जसका लागि संस्थाले रेस्टुरेन्ट र श्री धनबहादुर गुरुङलाई विशेष धन्यवाद व्यक्त गरेको छ। दिउँसो १२:३० बजे सुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि एवं लण्डन बरो अफ ब्रेन्ट, सडबरी वार्डका लिबरल डेमोक्रेट लिडर काउन्सिलर पल लोर्बरको उपस्थितिको प्रतीक्षा नगरी पानसमा दीप प्रज्वलन गरेर गरिएको थियो। कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष श्री सन्त बहादुर गुरुङ, संस्थापक अध्यक्ष श्री देव आङ्बुहाङ लिम्बू, पूर्व अध्यक्ष क्याप्टेन (रिटायर्ड) रनधोज राना, निवर्तमान अध्यक्ष देउ बहादुर गुरुङ र उपाध्यक्ष श्रीमती हुमकुमारी गुरुङले संयुक्तरूपमा गर्नुभएको थियो।

सांस्कृतिक मनोरञ्जनले भरिपूर्ण कार्यक्रममा सुश्री अर्चना केसीले बेजोड नृत्य प्रस्तुत गर्नुभएको थियो भने संस्थाका नयाँ सदस्य श्री हरि भण्डारीले नेपाली पोसाकमा दुईवटा आकर्षक नृत्य देखाएर सबैलाई चकित पार्नुभएको थियो। त्यस्तै, ७७ वर्षीय पुराना सदस्य श्री सुक गुरुङले आफ्नो जमानाको गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। कार्यक्रमको विशेष अवसरमा संस्थालाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने तीन जना व्यक्तित्वहरूलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा भाग्यशाली चिट्ठा (राफल ड्र) को नतिजा सार्वजनिक गर्दै र एक-अर्कामा नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना आदानप्रदान गर्दै बेलुकी ७:३० बजे कार्यक्रम समापन गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!