बिश्व शान्ति महायज्ञमा NRNA UK र तमुधी युकेको सहभागिता !

SHARE:

लण्डन। विश्व हिन्दु महासंघ लण्डन शाखाको आयोजनामा गत २०८३ वैशाख ६ गते (१९ अप्रिल २०२६) का दिन बेलायतको अल्डरसटमा एक दिने ‘विश्व शान्ति महायज्ञ’ भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली राजदूतावास बेलायतका कार्यबाहक राजदूत महामहिम श्री विपिन दुवाडीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बेलायतस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। विश्व हिन्दु महासंघ बेलायतका कोषाध्यक्ष चार्टर्ड एकाउन्टेन्ट श्री कृष्ण प्रसाद खतिवडाका अनुसार उक्त महायज्ञमा बेलायतका विभिन्न क्षेत्रका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

विश्व हिन्दु महासंघ बेलायत शाखाका अध्यक्ष श्रीमती राजु मल्ल, समाजसेवी श्री महन्त श्रेष्ठ तथा अन्य पदाधिकारीहरू यजमान रहनुभएको उक्त यज्ञको धार्मिक विधि विधानअनुसारको सञ्चालन पण्डित गुरु श्री दुर्गा प्रसाद पोखरेल लगायतका अन्य गुरुहरूबाट गरिएको थियो। यज्ञ प्रारम्भ हुनुभन्दा अगाडि विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय उपाध्यक्ष श्री खगेन्द्र पाठकज्यूले स्वागत मन्तव्यमार्फत उपस्थित सम्पूर्ण पाहुना तथा अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको यस महायज्ञमा बेलायतस्थित प्रतिष्ठित संघसंस्थाहरूको समेत विशेष सहयोग र सहभागिता रहेको थियो। कार्यक्रममा NRNA युकेका अध्यक्ष प्रेम गाहा मगर, मुख्य प्याट्रोन श्री डेविड गुरुङ, तमु धीं युकेका पूर्व अध्यक्ष नन्दजंग गुरुङ, NRNA युकेका उपाध्यक्ष श्री अनिल मल्ल र साहारा UK का अध्यक्ष श्री शारदा गुरुङ लगायतका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस पवित्र कार्यले नेपाली संस्कृति र आध्यात्मिक एकतालाई विदेशमा पनि जीवन्त राख्न मद्दत पुर्‍याएको सहभागीहरूले बताएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!